काठमाडौं , २८ असोज ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ब्रिक्स सम्मेलनमा भाग लिन शनिबार भारततर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी ब्रिक्स सम्मेलनमा भाग लिन त्यहाँ जान लागेका हुन् ।

prachanda-varmanआठौं ब्रिक्स सम्मलेन भारतको गोवामा शनिबार र आइतबार आयोजना हुँदैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार भोलि बिहान ८ बजे प्रधानमन्त्री भारततर्फ प्रस्थान गर्नेछन् ।