महेश केसी /रुकुम

२८ असोज । रुकुमको राङशी ८ मा एक महिलाको शव फेला परेको छ । राङशी ८ को डाङटुङगैरा जंगलमा शव फेला परेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक अंगुर जिसीले जानकारी दिए । अन्दाजी ४० वर्षिय महिलाको शव फेला परेको हो । शवको पहिचान हुन नसकेको डिएसपी जिसीले बताए ।

Hatya
फाइल तस्वीर

स्थानियसंग सोधपुछ गर्दा स्थानियले शवको पहिचान गर्न नसकेको र महिला हराएको कुनपनि सूचना प्रहरी सम्म नआएको प्रहरीको भनाई छ । बाख्रा गोठालो गएका स्थानियले महिलाको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । उक्त महिलाको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरिएको छ ।

यसैविच गत असोज १९ गतेबाट हराएकी रोल्पाकी एक महिला पनि मृत अवस्थामा फेला परकी छन् । जौलिपोखरी ९ उमा निवासी ६६ वर्षिया गौरी पुन मृत अवस्थामा परेकी हुन् । असोज १९ गते घरबाट कुनै जानकारी नदिई वेपत्ता भएकी पुन घरदेखि ५०० मिटर पूर्वमा मृत अवस्थामा फेला परेको रोल्पा प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन गुमाएकी मृतक गौरी आफ्नो देवरको छोरीको घरमा बस्दै आएको बताईएको छ । पुनकोे शव पोष्टमार्टम गर्न नसक्ने अवस्थामा रहेकाले आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरक्षक केशव बस्नेतले जानकारी दिए ।