गोविन्द खड्का
यस पटक साझा प्रकाशनको घोराही शाखामा करीव १५ दिन प्रदर्शनि राखियो । शोरुम ईञ्चार्ज सुरेन्द्र भुषालका अनुसार झण्डै दुईलाख पचास हजार रुपैया“का पुस्तक तथा पाठ्य सामाग्री विक्री भयो ।
यतिले शाखा प्रमुख सतिस मजगैया“को मन अघाएको थिएन । सकि“दाको अघिल्लो दिन असोज २० गते ‘सोचेजति भएन’ भनेर प्रतिकृया दिए । उनले थपे ‘क्याम्पस तथा विद्यालयका प्रमुख, लाईबे्ररीयन र लेखा गरी तिन ठाउमा सम्पर्क भयो । हुन्छ आउछौ भन्ने प्रतिकृया आयो । व्यक्ति कोहि आएन ।’ उनले पद्यमोदय विद्यालय लगाएत प्रतिष्ठित संस्थाले उधारो बचन दिएको दुखमनाउ गरे । जसलाई अनुरोध गरीयो उनै नदेखिएपछि पुस्तक विकेकोमा पत्यार नलागेको हो ।
पुस्तकमा राजनीति लाग्ने क्षेत्र साझा हो । साझा प्रेमि साहित्यकार भुवन देवकोटाका अनुसार त्यसले नियमित र निरन्तर प्रकाशन हुन सकेको छैन । निजि प्रकाशनहरु तछाड मछाड गरी जुर्मुराएका छन् । नया“ नया“ कृति निकालेर आक्रामक ढंगले बजार कब्जा गर्ने मुडमा छन् । साझा प्रकाशन राजनीतिक खिचातानीको भुमरीमा रंग मगिएको छ । अस्तित्व बचाउन मुश्किल छ । त्यसैले नया“ प्रकाशन हुन पाएका छैनन् । त्यहि पुराना पुस्तक पनि १५ दिनमा ढाईलाखको कारोबार निकै राम्रो हो । नया के पो होलार भनेर नपत्याएका पुरुषोत्तम खनालले हजार बढिका पुस्तक उठाए । नेपाल पत्रकार महासंघका अध्यक्ष सुदिप गोतम झन प्रदर्शनको पहिलो दिनै साझा पुगे ।
निजि प्रकाशनका चर्चीत पुस्तक पाईने ठाउ“ घोराहीमा जनता वुक स्टल बैंकरोड हो । त्यहा“ कोर्ष बाहिरका पुस्तक लगभग सबै भेटाउन सकिन्छ । पुस्तक र स्टेश्नरी पसलहरु घोराहीमा धेरै छन् । सबै किसीमका पुस्तक राख्नेमा जनता बुक आउ“छ । कम्युनिष्ट निकट पुस्तक पसलका नामले प्रगति पुस्तक सदन छ । शुरुवाति देखिको पहिचान प्रगतिले मेटाएको छैन । सामाग्रीहरु पनि थपीरहेको छ । अहिले धर्म, संस्कृति हुदै फराकीलो बन्दै छ । त्यसलाई पाठकको माग बताउछ ।
मान्छेका सोचाईहरु एउटै बाद विचारको साघुरो घेरामा कैद हुन चाहनन् । तिनले विविधता खोज्छन् । हमान्छेको जिन्दगी नै रंगिन छ । काटमार गराउने, हत्या आत्महत्यमा गर्न उद्यग पार्ने हरेक विचार भावना उर्लीन्छन् । खानपान पनि फरक समयमा फरक खान मनलाग्छ । त्यहि कुरा कुनै बेला अमन पर्छ । पुस्तक पत्र पत्रिकाको भोक पनि त्यस्तै हुन्छ मानब विचार अनुसारको विविध । उमेर, वातावरण हरेक कुराले फरक विषयमा चासो बढाउने गर्छन् ।
र त रंगिन दुनिया भनेर चर्चा गरीन्छ । हरेक कुरा बखत अनुसार खोजीन्छ । आन्दोलन, युद्ध लडाईको चरणमा खोजीहुने कुरा शान्ति स्थापना पछि जरुरत पर्दैन । त्यति बेला कसरी जित्ने भन्ने कुरा महत्वको हुन्छ । जनयुद्धको क्रममा मरेर जित्ने कुरा अगाडि आउथ्यो । लामो संघर्षमय जिवन गुजार्नुभएका पुस्तक प्रेमि नारायण प्रशाद शर्मा गुरु गौतम बुद्ध सम्वन्धि कृति, विपश्याना एवं ध्यान सम्वन्धि अलि बढि रुचि राख्नुहुन्छ । विप्लवको नेकपा माओवादि र वैद्यको क्रान्तिकारी माओवादिका नेता कार्यकर्ताले त्यसता पुस्तक खोज्न लागेको प्रगतिका शुसिला आचार्यले जानकारी दिनुभयो । क्रान्ति र परिवर्तन सम्वन्धि पुस्तक देखि एक थरी अघाएको छैन ।
अब शान्ति प्रकृया शुरु भएको छ । मान्छे राम्ररी बा“च्ने बाटो खोज्दैछ । धन दौलतलाई मुख्य आधार बनाएको छ । श्वस्थ र स्वच्छ हुन चाहान्छ । मनलाई तनाव दिने, आत्मलाई तड्पाउने पक्षमा देखिन्न । त्यसलाई सम्वोधन गर्न पनि प्रगतिशील पुस्तक बेच्नेले धार्मिक सामाग्री राखे । पुजा पाठ गर्ने, धार्मिक विधि विधान र जातिय असमान्तालाई अनिवार्य ठान्नेको जमात कम्युनिष्टमा बढिरहेको छ । अझ बढि माओवादि केन्द्र र नेकपा एमालेमा देखिन्छ । त्यसैले प्रगतिशिल भनिएका पुस्तकमा धार्मिक छन् । जनता लगाएतमा सबै खालका पुस्तक पाईन्छन् ।
आजको आवश्यकता हासो मजा र रस रंगकै छ । कथा, कविता, उपन्यास लगाएत साहित्यका रसमा डुबेर लिन हुन खोज्नेहरु कम छैनन् । भावुकता, रोदन, आक्रोश जस्ता तनाव बाट मुक्ति चाहन्छ पच्छिल्लो पुस्ताले । उसलाई यौवनको ठेगान, जवानीको व्यवस्थापन, चाहनाहरुको आपुर्ति जरुरी पर्दै गएको छ । त्यसकै परिणाम सुविन भट्टराईका कथाकि पात्र, समरलभ, साया र मनसुनले पाठकका बिच लोकप्रियता कमाए । साप्ताहिक, नारी लगाएतको चर्को माग छ । यस्तै अन्य पुस्तक तथा पत्रिकाको मागलाई जनता बुकले सम्वोधन गरेको छ ।
पुस्तकको कमाईलाई सबैले सम्हाल्ने प्रर्यत्न गर्छन् । दाङ स्टेश्नरीमा पनि कोर्ष बाहिरका केहि पुस्तक राखिएको छ । पुस्तक विक्री हुनेगरेको सञ्चालक सुन्दर गौतमले बताए । तुरुन्तै बेच्ने भन्दा पनि बहाना मिलाउनलाई पुस्तक राखेको देखिन्छ । यसैगरी राप्ती वुक्स दामोदर चोकमा पनि केहि पुस्तक छन् । भने न्युरोडको राप्ती वुक्समा पनि केहि भेटिन्छन् । सबै ठाउमा खोज्दा पाईने बेद लगाएतका पुस्तक छन् । धार्मिक पुस्तक छुटै ठाउ“ बाट बेचिन्छ । त्यसो हुदा हुदै पनि पुस्तक पसल र स्टेश्नरीमा राखिएको छ । यसले पुस्तक प्रेमि बढेको कुरा अनुमान लगाउन सकिन्छ ।
पुस्तक बिक्री दालचामल जस्तै छाक टार्नेहरुलाई होईन । पेन्सी जस्तो रहर गर्नलाई पनि किनिदैन । भाडा जस्तो पकाउन र खियाउन पनि किन्ने होईन । एक पटक खरीद गरेको पुस्तकले पुस्तालाई पुग्छ । बर्षेनेी तिज र दशैमा कपडा फेरेजस्तो होईन । त्यसो हुदा पनि लाखौ विक्छ । अझ अहिले ई लाईब्रेरीको जमाना आएकोछ, ईन्टरनेटमा खोज्न सकिन्छ । अनलाईनहरुमा छ । तर पनि पुस्तक विक्री हुन्छ । यस पटक दाङमा लाखौका पुस्तक विक्री भएका छन् । साहित्यकारहरु टिकारम उदासी, कमल मणि देवकोटा, तिलक न्यौपाने लगाएतले हजार नघाएरै किने ।
कुन क्षेत्रमा के माग छ भन्ने कुरा बजारले देखाउ“छ । व्यक्ति कसले कति को के किन्यो भनेर खोजिरहनु पदैन । रामायण, महाभारत, बेद जस्ता पुस्तकहरु ज्ञान र शान बढाउनका लागि खरीद् गरीन्छ । यदि कसैको लाईब्रेरी छ भने तिनै पुस्तक रहेका छन् । खाटि कम्युनिष्टहरुले पनि यी पुस्तक पढेकै हुन्छन् । ठुला नेताहरुले भाषण र प्रशिक्षणमा महाभारतका कथाहरु सुनाएकै हुन्छन् । धर्मलाई अफिम भनेर बितृष्ण फैलाएपनि आफुहरु धर्म ग्रन्थको खोजीमा रहन्छन् । कम्युनिष्टहरुले पुजि अनिवार्य ठान्छन् । न पढेपनि देखाएका हुन्छन् । म आफ्ना कुरा गर्नुपर्दा पुजिको पहिलो भाग मात्रै पढेको छु । दोश्रो भाग पढ्नै जानेको छैन । लाग्छ कैयौ पाठक म जस्तै होलान् । अरु पुस्तक पढेर धेरै सकिए पुजि दोश्रो भागको पेज बढाउन सकेको छैन । यस्तै ड्यिुरीक मत खण्डन लगाएत केहि पुस्तक पढेका तर नजानिएका मा पर्छन मेरो लागि । मैले जस्तै अन्यले पनि भोगेका होलान् । धार्मिक पुसतक भने सजिला छन् । जिवन व्यवहारमा झ्वाट्टै मेल खाएको अनुभुति हुन्छ त्यसले पनि लोकप्रियता बढाएको छ ।
सर्बाधिक पुस्तकहरु राखेको जनता बुकले लोकसेवा र धार्मिक पुस्तकलाई पाठकको पहिलो रोजाईमा पर्ने बताउछ । बैंकरोडमा रहेको जनता वुकका रामभत्त गुप्ताका अनुसार नया कृति खोज्ने पाठक न्युन छन् । घोराहीका मनोज बुढा थोकि लगाएत केहि पाठक नया के आयो भनेर पक्स पक्स खोज्न पुग्छन् । त्यस बाहेक धेरैले चर्चा भएपछि र समिक्षाहरु पढेपछि खोज्न आउने गर्छन् । केहि बौद्धिकहरु निकै घटिया खालका छन् । तिनले सकभर मागेर पढ्न खोज्छन् । त्यो पनि फिर्ता नल्याउने गरी लैजानछन् । तिनलाई दान दिनुपर्छ । कसैगरी लग्ने आटे पनि भाउताउ गर्नमा समय खेर फाल्छन् । तिनले फेन्सी किनेको जस्तो मोलमोलाई शुरु गर्छन् । पाच दश रुपैया घटाउन मरिहत्य गर्छन् । लाजै नमानेर निकै तल गिरेर प्रस्तुत हुन्छन् । पुस्तक व्यवसायी गुप्ताका अनुसार अधिकतम तिस प्रतिशत सम्म प्रकाशनले छुट दिएको हुन्छ । त्यसमा साथिभाईको मुख हेरेर केहि पुस्तक विस प्रतिशत सम्म मिलाउने गरीन्छ । त्यो पनि उधारो लैजान्छन् । फर्केर आउदैनन् । सकभर तिदैै तिर्दैनन् । प्रगति पुस्तक सदनका शुशिला आचार्यका अनुसार बर्षौ देखि पुस्तक खरीदगरेको पैसा नतिरेका बरिष्ठहरु डुलिरहन्छन् ।
व्यवसायी हरु पुस्तक प्राप्त गर्नमा दाङलाई काठमाण्डौ बनाउन चाहान्छन् । तिनले विमोचन भएको भोलिपल्ट पुस्तक बजारमा ल्याउन मरिहत्य गर्छन् । मरी मेटि ल्याउछन् । दशै ताका कान्तु चौधरीलाई लगाएर राति १२ बजे गुप्ताले पुस्तक रिसीभ गरे । तिन सय भाडा तिर्ने भारीको पाचसय दिए । युवा पुस्तामा सर्बाधिक चर्चा पाएको सुविन भटराईको कृति मनसुन भित्रयाउनका लागि । त्यसैगरी अन्य पुस्तकहरु काठमाण्डौमा चर्चा भएको एकदुई दिनमा पुगेकै छन् ।
नेपाली लेखकका पुस्तक पढ्नु व्यकार छ भन्नेहरु पनि छन् । बुद्धिजिवि सर्जन गौतम लागाएत एउटा तप्का नेपाली पढेर कामै छैन भन्छ । गौतमका अनुसार ज्ञान हासिल गर्ने हो भने अंग्रेजी भाषाका पुस्तक पढ्नु पर्छ । यदि सकीदैन भने हिन्दी पढे हुन्छ । उनलाई जवाफ दिनेहरु भन्छन् सबैको स्तर यी दुवै भाषा बुझ्ने नहुन सक्छ । एक थरी मान्छेहरु हिन्दी, अंग्रेजीको विरोध गर्छन् । धेरै पाठक नेपाली बुझ्छन् । त्यसैले नेपाली लेखक र नेपाली भाषाका पुस्तकको औचित्य समाप्त भएको छैन । मिठो भाषा शैलीमा सबैले पढ्न रुचाउने गरी लेख्नका लागि नेपाली भाषाका उपन्यास, कविता, कथा नाटक अध्ययन गर्न जरुरी छ । आवश्यकता अंग्रेजी र हिन्दीको पनि छ । जनता वुकले अहिले अंग्रेजी र हिन्दी भाषाका पुस्तक पनि राखेको छ ।
त्यो मर्म ग्राहकले नबुझे जस्तो पुस्तक व्यवसायी गुप्तालाई लाग्ने गरेको छ । ग्राहक चाहान्छन् काठमाण्डौको जत्तिकै भाउ । व्यवसायी भन्छ त्यहा पाईने समयमा कृति यही बाट दिन्छौ“ । काठमाण्डौका सडक पेटिमा बेच्ने र दाङका पुस्तक पसलहरुले लिने पुस्तक एउटै मुल्य हो । त्यस बाहेक भाडा खर्च भएको छ । सर्टर छ । कर्मचारी छ । त्यो सबै हिसाव गरेर पुस्तक विक्री हुन्छ । तिनले बढि छुटमा पुस्तक बेचन सक्छन् । चालिस प्रतिशत छुटमा ल्याएको पुस्तक तिस पैतिस प्रतिशत छुट दिन सक्छ । तर, त्यहि सुविधा दाङका पाठकहरुले खोज्छन् । यहि कुरा नमिल्दा व्यवसायी संग तालमेल खाएको छैन । तर पनि पुस्तक पढ्नेहरुको लत बसेको छ ।
