dang-sahiyetteyeदाङ, २७ असोज ।  दाङ साहित्य तथा सांस्कृति प्रतिष्ठानको आयोजनामा २ जना साहित्यकारहरुको पुस्तक विमोचन गरिएको छ । प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरको अध्यक्षता तथा सांसद वुद्धिराम भण्डारीको प्रमुख आतिथ्यतामा पुस्तक बिमोचन कार्यक्रम भएको हो ।

कार्यक्रममा तीर्थबहादुर डाँगीको मनको बह नाम गित –कविता संग्रह, र लेखक रुद्रप्रसाद शर्माको समाज परिवर्तनको संवाहक समसामयिक सन्दर्भमा स्थानीय पत्रिकाहरुमा प्रकाशित लेखहरुको संगालाकोे पुस्तकको विमोचन गरीएको हो ।

कार्यक्रममा सहभागिहरुले भाषा संस्कृतिलाई जर्गेना गर्नका लागि मानिसको प्रवृती ठिक हुनुपर्ने र समाजका यर्थाथ घटनाहरुलाई साहित्यकारले हुवहु लेख्नुपर्ने बताएका थिए । साहित्यकारहरुले समाज परिर्वतनका लागि कलम चलाउनुपर्ने र केका लागि लेख्ने भन्ने कुरामा आफु विश्वस्थ रहन समेत सुझाव दिएका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष तिलक न्यौपानेको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शेषमणि रिजालले गर्नुभएको थियो ।