Traffic-Checking
फाइल तस्वीर

घोराही, २७ असोज । दसैंका बेला ट्राफिक नियम उलंघन गर्ने तीन दर्जन बढी सवारीका साधनलाई दाङमा प्रहरीले कारबाही गरेको छ । जिल्ला ट्राफिक कार्यालय, दाङले दसैंमा साना तथा ठूला गरी तीन दर्जन बढी सवारी साधन माथि कारवाही गरेको जनाएको छ ।

दसैंको सयममा मादकपदार्थ सेवन गरी अनियन्त्रितरुपमा सवारीसाधन चलाउँदा हुने सम्भावित सवारी दुर्घटनालाई रोक्न ट्राफिक कार्यालयले सवारी जाँचलाई तीब्रता दिएको छ ।

यसैक्रममा दसैंको दिन र आज दोस्रो दिन गरी दाङमा मापसेसहीत तीनदर्जन बढी सवारी साधनमाथि कारवाही गरिएको कार्यालयले जनाएको छ ।