दाङ, २७ असोज । दाङमा करेण्ट लागेर एक जनाको ज्यान गएको छ । स्थानीय चमै खोलामा करेण्ट लगाएर माछा मार्ने क्रममा करेण्ट लाग्दा विजौरी ९ पकर्रे निबासि ४५ वर्षिय नर वहादुर वस्नेतको ज्यान गएको हो ।
मृतक वस्नेत संगै अन्य तिन जना पनि माछा मार्न गएको बताएपनि अहिले ३ जनानै सम्पर्कमा नरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
फरार रहेकाले तिनै जनाको अहिले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । मृतक वस्नेतको शवलाई पोष्टमार्टमका लागी अञ्चल अस्पताल तुलसीपुरमा राखीएको छ ।।





