कञ्चनपुर, २६ असोज । दशैंमा मासु खाँदा घाँटीमा अड्किएपछि कञ्चनपुरको कृष्णपुर–२ वाणीका ५६ वर्षका बहादुर रावलको ज्यान गएको छ ।

hatyaदशैंमा मासु खाने क्रममा हड्डी घाँटीमा अड्किएर रावलको मङ्गलबार राति ज्यान गएको गुलरिया इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले बताए ।

रावललाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।