रेणु डिसी
दाङ, २६ असोज । दाङको घोराही लमही सडक खण्ड अन्तगर्त पर्ने कटुवा खोलामा नागरिकहरुले दुःख पाएको भन्दै घोराहीको एक टोल बिकास सस्थाले कटुवा खोलाको कचवे मर्मत गरेको छ ।
घोराही नगरपालीका १० गौतमनगर टोल बिकास सस्थाले हिजोको दसैंमा दङ्गाली तथा बाहिरि जिल्लाबाट आउने पाहुना सहित धेरै नागरिकहरुले खोलामा दुख पायको देखेपछि सस्थाले कटुवा खोलाको कचवे मर्मत गरेको जनाएको छ ।
सस्थाका सस्थापक अध्यक्ष नारायण भुषालको नेतृत्वमा २२ जना टोलवासिको सहभागितामा कचवे मर्मत गरिएको हो । बिहान ५ बजेदेखि ७ बजेसम्म २ घण्टाको कचवे मर्मत पछि अहिले सवारि साधन आवत जावतमा सहज भएको छ ।
कटुवा खोलामा पुल निर्माण कार्यले गति लिन नसक्दा नागरिकहरु बर्षेनि यो समस्या झेल्दै आएका छन् । सडक डिभिजन, ठेकेदार कम्पनि र राजनितिक दलहरुको लापरवाहिका कारण पनि पुल निमार्ण कार्यले गति लिन नसक्दा यो समस्या बर्षेनि झेल्नु परेको नागरिकहरुको गुनासो छ ।
खोलामा पुल निमार्णकालागि बिगारिएको बाटोले दुर्घटनाको जोखिम उत्तिकै बढेको छ भने हिजो दशै टिकाको दिन भएकाले पनि सवारि चापमा बृद्धि हुदा यात्रामा कठिनाई भएको हो । खोला वारपारका लागि निकै जोखिम र सवारिको निकै लामो लाईन भएकाले बैकल्पिक बाटो चौघेराबाट डवरि हुदै घोराही आउनु पर्ने वाध्यता भएको नागरिकहरुको गुनासो छ ।
यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै सम्बन्धित निकायले तत्काल पुल निमार्ण कार्यलाई गति दिन सस्थापक अध्यक्ष भुषालले आग्रह गर्नुभएको छ ।।
