रुकुम, २८ बैशाख
रुकुमको स्याँलाखदी गाविसमा संचालन गरीएको निशुल्क स्वास्थ्य शिविर वाट ७ सय १ जना विरामीले स्वास्थ्य परिक्षण तथा उपचार सेवा लिएका छन । मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालको आयोजनामा संचालन गरीएको शिविरवाट ४ सय २८ महिला र २ सय ७३ पुरुष गरी कुल ७ सय १ जना विरामीहरुले निशुल्क स्वास्थ्य सेवा लिएका हुन ।
केहि दिन पहिले स्याँलाखदी गाविसको वडा नं २ स्याँलामा अवस्थित सरस्वती निम्न माध्यामिक विद्यालयको प्रागंणमा शिविर संचालन गरीएको थियो । २ दिन सम्म संचालन भएको शिविरमा गर्भ परिक्षण, नाक, कान घाँटी, छाला, दाँत हाड जोर्नी दम, आँउ, पाठेघर खस्ने सम्वन्धि समस्या भएका विरामीहरुले स्वास्थ्य परिक्षण उपचार तथा परामर्श सेवा लिएका थिए ।
शिविरमा डाक्टर निमरोत लिम्वु सुमन राई लगाएत २३ जना स्वास्थ्य कर्मिको टोली खटेको थियो । जिल्लाको दुर्गम गाविसको रुपमा चिनिने स्याँलाखदीमा अस्पतालले गत वर्ष पनि शिविर संचालन गरेको थियो । भौगोलिक विकटताको कारण स्वास्थ्य संस्थासम्म आउन नसक्ने विरामीहरुलाई लक्षित गरी शिविर संचालन गरीएको अस्पतालका प्रशाशक डिल वहादुर गिरीले जानकारी दिनुभयो ।।