रेखा मगर
दाङ, २८ बैशाख
दाङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । तुलसीपुरमा स्कार्पियो र मोटसाइकल ठोक्किदा मोटरसाइकल चालक तुलसीपुर उरहरीका २१ वर्षिय विजय धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।
तस्वीर
पत्रकार नारायण खड्काको फेसवुक वालवाट
अमेलियावाट तुलसीपुर आउँदै गरेको ग २ च १०४४ नम्वरको स्कार्पियो र तुलसीपुरवाट सितलपुरतर्फ जाँदै गरेको रा २ प ८१६ नम्वरको मोटरसाईकल तुलसीपुर १२ हरिपौरी स्कूल नजिकै एक आपसमा ठोक्किको प्रहरीले वताएको छ । दुर्घटनामा गम्भिर घाइते धितालको उपचारको क्रममा राप्ती अन्चल अस्पतला तुलसीपुरमा ृपचारको क्रममा मृत्यु भएको हो ।
आज विहान १० वजेर ५० मिनेटमा भएको उक्त दुर्घटनामा परी मोटरसाइकल पछाडी सवार घोराही निवासी मनिस लामिछाने घाईते हुनुभएको छ । घाईते लामिछानेको अन्चल अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, लक्ष्मिपुर गाबिस १ चौपट्टा ओरालोमा साईकलबाट लड्दा लमही नगरपालिका १० बस्ने २२ बर्षका बासुदेब धिताल घाईते हुनुभएको छ ।
यस्तै, यस्तै देउखुरीको लालमटियामा मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भिर घाईते हुनुभएको छ । लमहीबाट भालुवाङतर्फ जादै गरेको रा ३ प १२६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपसुर सिम भञ्जाङ ४ बस्ने २५ बर्षिय जोक बहादुर योञ्जन घाईते हुनुभएको हो । यस्तै लालमटियामै भएको अर्को सवारी दुर्घटनामा ५ जना घाईते भएका छन् ।
लालमटिया ३ बर्बासको प्युठान रोडमा बगरसोतिबाट भालुवाङ आउदै गरेको रा १ त १४३४ नम्बरको ट्रयाकर अनियन्त्रित भई पल्टिदा ५ जना महिला घाईते भएको भालुवाङ प्रहरीले जनाएको छ । यसैगरी, देउखुरीको सतवरियामा ट्रकको ठक्करवाट मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन । पुर्ववाट पश्चिम जाँदै गरेको ना २ ख ४७१३ नं को ट्रकले रा १ प २३१ नं को मोटरसाइकललाइ सतवरिया २ वनघुस्री चोकमा आज विहान मोटरसाइकलाइ ठक्कर दिएको थियो ।
ट्रकको ठक्करवाट मोटरसाइकल चालक सतवरिया २ वनघुस्रीका १९ वर्षिय दामोदर पुन मगर, लमही नगरविकास समितिका अध्यक्ष घनश्याम सुवेदी, उहाकी श्रीमती नारायणी सुवेदी घाईते हुनुभएको छ । वडा प्रहरी कार्यालय लमहीका अनुसार घाइते तीनै जनाको लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । घाईते तीनै जनाको खुट्टा भाँचिएको प्रहरीले जानकारी दिइएको छ । ठक्कर दिने चालक र ट्रक वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन ।।
