इन्द्रेणी संवाददाता
बैशाख २८, सल्यान ।
सल्यान अस्पतालमा एक किशोरी अचेत अवस्थामा रहेकी छन । अचेत अवस्थामा रहेकी अन्दाजी १७ बर्षकी किशोरीलाई लुहाम प्रहरीले जिल्ला अस्पताल सल्यानमा उपचारका लागि पु¥याएको थियो ।

salyan

जिल्ला अस्पताल सल्यानका स्वास्थ्यकर्मी रविन विष्टका अनुसार ति किशोरीले बोल्न र खान पनि नसक्ने अवस्था रहेकाले पहचान गर्न सकिएको छैन ।

उनलाई अस्पतालले उपचार गरिरहेको भएतापनि उपचारमा अप्ठेरो भएको स्वास्थ्यकर्मीले वताएका छन ।

सामान्य गरि बस्न, हिड्न, बोल्न र खान नै नखाने ति किशोरीका आफन्त नभएको भन्दै आफन्तको खोजीका लागि सहयोग गरिदिन अस्पतालले सबैमा अनुरोध गरेको छ ।।