इन्द्रेणी संवाददाता
दाङ, २८ बैशाख
दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जना घाईते भएका छन् । देउखुरीमा ३ र दाङमा भएको अर्को सवारी दुर्घटनामा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । लक्ष्मीपुर गाबिस १ चौपट्टा ओरालोमा साईकलबाट लड्दा लमही नगरपालिका १० बस्ने २२ बर्षका बासुदेब धिताल घाईते हुनुभएको छ ।
गम्भिर घाइते भएका धितालको राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा सामान्य उपचारपछि थप उपचारकालागि नेपालगञ्ज रिफर गरिएको छ । यसैगरी देउखुरीको लालमटियामा भएको मोटरसाईकल दुर्घटनामा एक जना गम्भिर घाईते हुनुभएको छ ।
लमहीवाट भालुवाङतर्फ जादै गरेको रा ३ प १२६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपसुर सिम भञ्जाङ ४ बस्ने २५ बर्षिय जोक बहादुर योञ्जन घाईते हुनुभएको जिल्ल प्रहरी कार्यालय दाङका प्रवक्ता डिएस्पी प्रकाशराज शर्माले जानकारी दिनुभएको छ ।
घाईते योञ्जनको टाउकोमा चोट लागेको र लमही प्राथमिक स्थास्थ्यमा सामान्य उपचारपछि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । यस्तै देउखुरीकै लालमटिया ३ बर्बासको प्युठान रोडमा टयाक्टर दुर्घटना हुदा ५ जना घाईते भएका छन् । बगरसोतिबाट भालुवाङ आउदै गरेको रा १ त १४३४ नम्बरको ट्रयाकर अनियन्त्रित भई पल्टिदा ५ जना महिला घाईते भएको भालुवाङ प्रहरीले जानकारी दिएको छ ।
यसैगरी, देउखुरीको सतवरियामा ट्रकको ठक्करवाट मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन । पुर्ववाट पश्चिम जाँदै गरेको ना २ ख ४७१३ नं को ट्रकले रा १ प २३१ नं को मोटरसाइकललाइ सतवरिया २ वनघुस्री चोकमा आज विहान ठक्कर दिएको थियो । ट्रकको ठक्करवाट मोटरसाइकल चालक सतवरिया २ वनघुस्रीका १९ वर्षिय दामोदर पुन मगर, लमही नगरविकास समितिका अध्यक्ष घनश्याम सुवेदी, उहाकी श्रीमती नारायणी सुवेदी घाईते हुनुभएको छ ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार घाइते तीनै जनाको लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । घाईते तीनै जनाको खुट्टा भाँचिएको प्रहरीले जानकारी दिइएको छ । ठक्कर दिने चालक र ट्रक वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन ।।