दाङ बैशाख २७ ।
प्रेस चौतारी नेपालको आठौं अधिवेशनमा पत्रकार सविन प्रियासनलाई प्रदेश नम्वर ५ को प्रमुखमा सिफारिस गरिएको छ । सोमवार घोराहीमा भएको प्रेस चौतारी नेपाल दाङको भेलाले चौतारीका केन्द्रीय सदस्य एवं राप्ती अञ्चल ईञ्चार्ज प्रियासनलाई यही जेठ ६, ७ र ८ गते काठमाडौँमा हुने अधिवेशनमा पाँच नम्वर प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो ।sabin

जिल्ला अध्यक्ष टीका बस्नेतको अध्यक्षतामा भएको भेलाले प्रेस चौतारी नेपालको आठौं महाधिवेशन भव्यरुपमा सम्पन्न गर्नका लागि सशक्त भूमिका खेल्ने निर्णय गरेको छ । त्यस्तै अधिवेसनलाई सफल पार्न केन्द्रीय सदस्य एवं अञ्चल ईञ्चार्ज सविन प्रियासनको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको छ ।

जसको सदस्यमा सुदर्शन रिजाल, दुर्गालाल केसी, देविका घर्ती मगर, टीका बस्नेत, जेएन सागर, संगीत बस्याल, वसन्त आचार्य, इन्द्र डिसी र दशरथ घिमिरे रहनु भएको छ ।त्यस्तै भेलाले केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि चयन गरेको छ । ज

समा शरद अधिकारी, सुदर्शन रिजाल, दुर्गालाल केसी, जेएन सागर, संगीत वस्याल, अनन्त आरसी, वसन्त आचार्य, गणेश आचार्य, ओपेन्द्र बस्नेत, प्रेमबहादुर राम्जा, दशरथ घिमिरे, निमुसंगम घर्ती, सुनिता चौधरी, रीता लामा र सुधासुमन ढकाल रहनुभएको छ । त्यस्तै भेलाले केन्द्रीय सदस्य देविका घर्तीमगर र सुरेश सुमन डाँगीलाई केन्द्रीय सचिवमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।।