इन्द्रेणी संवाददाता
दाङ, २७ बैशाख ।
द्वन्द्व व्यवस्थापन र शान्ति निर्माणमा युवाहरुको भुमिका महत्वपुर्ण भुमिका हुने एक कार्यक्रमका सहभागिहरुले बताएका छन । मानव अधिकार सरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस दाङको आयोजना तथा गाविस स्तरिय युवा सञ्जाल धर्नाको समन्वयमा सञ्चालन भएको तालिमको उद्घाटन कार्यक्रमम बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका थिए ।
युवा सञ्जाल धर्ना अध्यक्ष गुमानसिङ कार्कीको अध्यक्षतामा भएको तालिमको उदघाटन सत्रमा बोल्ने धर्ना गाविसका सचिव लक्ष्मन अधिकारीले समाजमा हुने द्वन्द्वहरुको न्यूनीकरण गर्दै समाजलाई शान्ति कायम स्थानपना गर्न युवाहरुको अत्यन्त महत्वपुर्ण रहने बताउनुभएको थियो ।
सो अवसरमा हरप्लेसका जिल्ला कार्यक्रम सयोजक विनोद केसीले द्वन्द्वले समाजमा पार्ने नकारात्मक प्रभाब, समाजमा शान्ति स्थापनाका लागि युवाहरुको भुमिका, मानव अधिकार र सक्रमणकालिन न्यायका बारेमा तालिममा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो ।
तालिमका बारेमा हरप्लेसका सन्तोष दहितले जानकारी गराउनुभएको थियो । तिन दिनसम्म सञ्चालन हुने तालिमका गाविसका नौ वटा वडावाट १९ जना युवायुवतिहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा सुनिता जिएम र विनोद केसी रहनु भएको छ ।।
