डा सि पी सेडाई , नशा तथा मानसिक रोग बिशेषज्ञ,  चितवन मेडिकल कलेज  

विश्वमा मानसिक रोगीहरुको संख्या बढ्दो छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार करिब २५ प्रतिशत मानिस कुनै न कुनै प्रकारको मानसिक समस्याबाट पिडीत छन् । मानसिक रोगलाई हाल मनोरोग भनिन्छ । मनोरोग अन्तरगत अति सामान्य समस्या टेन्सन हेड्याकदेखि अति कडा रोग सिजोफोर्नियासम्म पर्दछ ।

विश्वमा करीब ४७ करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पिडीत छन् । विश्वका १० खतरनाक रोग जसले मानिसको दैनिक क्रियाकलापमा असर गर्छ तिमध्ये ५ वटा मानसिक रोगका कारणले गर्दा हुन्छ । तिनीहरु डिप्रेसन, मेनिया, सिजोफोर्निया, दूव्र्यसनी र डिमेन्सिया पर्दछन् । डिप्रेसन रोग सबैभन्दा बढी पाइने मनेरोग हो ।

नेपालमा मनोरोगका बिरामीलाई उपचार गर्ने जनशक्तिको कमी छ । साइक्याट्रिक मनोरोग विशेषज्ञ, साईक्याट्रिक नर्स, साइकोलोजिष्ट र सामाजिक कार्यकर्ता मनोरोगका बिरामीको उपचारमा संलग्न रहन्छन् । नेपालमा मनोरोगीका बिरामी मेन्टल अस्पताल, मेडिकल कलेज, सरकारी अस्पताल र प्राइभेट नर्सिङहोममा उपचार हुने गरेको छ । केही गैरसरकारी संस्थापनि मानसिक रोगको उपचार गर्न सहयोग गर्दै आएका छन् ।

खासगरी मानिसमा परेको समस्यासंग जुध्न नसक्दा मानसिक रोग लाग्न पुग्छ । तर वंशानुगत रुपमा पनि मानसिक रोग लाग्ने संभावना देखिन्छ । मिहनेत गर्न नछोड्ने, अनावश्यक कुरामा बारम्बार एकोहोरो सोचाई नगर्ने, लागु पदार्थ सेवन नगर्ने अनि मनमा रहेको समस्या अरुलाई बाँड्ने गर्नाले मानसिक रोग लाग्ने सम्भावन कम रहन्छ ।

मानसिक रोग कस्ता कस्ता हुन्छन् ?

क) सामान्य खालका मानसिक रोग :

डिप्रेसन – यो रोगका बिरामीहरु निराश हुने, दिकक हुने, नराम्रो हसने, बारम्बार रुने, हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, बाँच्न भन्दा मर्न बेस भन्ने र कतिपयबिरामीले आत्महत्या गरेको पनि पाईएको छ । डिप्रेसन नेपालमा पाईने एउटा मूख्य मानसिक रोग हो । यो नेपालमा बढी पाईन्छ । जीवनभरमा २०–२५ प्रतिशत मानिसमा डिप्रेशन हुन्छ । यो उपचार गरे निको हुने रोग हो ।
टाउको दुखने समस्या– मनिसमा टाउको दुख्ने समस्या बढ्दो छ । खासगरी टेन्सन हेड्याक, माइग्राइन आदी बिरामीहरु निकै लामो समस्या लिएर आउँछन् ।

निद्राको समस्या– मानिसमा निदाउन गाह्रो हुने, निद्रामा डराउने, निद्रामा हिंड्ने समस्या पाईन्छ, जुन उपचार गरे निको हुन्छ ।
डर लाग्ने समस्या– मानिसमा डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात हल्लने, टाउको दुख्ने, अचानक डराउने समस्या हुन्छ । जुन औषधी सेवन र साइकोथेरापी गरे निको हुन्छ ।

कनभर्सन डिसोसिएटिभ डिसअर्डर– अचानक हात खुट्टानचल्ने, छातीमा स्वास फेर्न गाह्रो हुने, उल्टो कुरा गर्ने, बोली रोकिने, बक्ने (एयटा अर्का भई बोल्ने), काम्ने, बिर्सने आदि लक्षण लिई यस्ता बिरामी अस्पताल आउँछ्न ।

बालबालीकामा देखिने मनोवैज्ञानिक समस्या– बालबालीकामा चकचक गर्ने, रिसाउने, चोर्ने, झगडा गर्ने, स्कूल जान नमान्ने, स्कूलबाट भाग्ने, एक्लै बस्ने आदी समस्या पाईन्छ । साथै बच्चामा डिप्रेसन वयस्कमा भन्दा फरक लक्षण लिई देखा पर्छ ।


सोमाटोर्फम  डिसअडरं –
यो यस्तो रोग हो, जसमा शरीरका विभिन्न अ)ंगका लक्षण लिएर बिरामी आउन्ँछन्, जस्तै टाउको दुख्ने, पेट दुख्ने, हात खुट्टा हल्लिने आदि । मानिसहरु  विभिन्न डाक्टरकहाँ उपचारार्थ पुग्दछन् । तैपनि आफ्नो समस्या निको भएको महसुुस गर्दैनन् । विभिन्न ल्याव परीक्षण गराउँदा पनि कुनै खराबी देखिंदैन, जुन साइकोलोजिकल कारणले भएको उनीहरुलाई थाहानै हुँदैन । कहिलेकाहीँ विरामीहरु आफूलाई क्यान्सर भएको, एड्स भएको शंका गरी अस्पताल आउँछन् ।

बच्चा जन्माएपछि आमामा देखिने मानसिक रोग– महिलाहरु बच्चा जन्माएपछि आफूलाई मानसिक असन्तुलन भएको डिप्रेसन महसुस गर्दछन् । यस्तो रोग उपचारपछि पूर्णरुपमा निको हुन्छ ।

अब्जेसिभ कम्पल्सिभ डिसअर्डर– यो यस्तो रोग हो, जहाँ मन अत्यन्त कमजोर हुन्छ । मनमा विभिन्न सोचाई र दृश्यहरु आईरहन्छन् । मनमा लिन्न भने पनि त्यस्ता सोचाई आउनाले विरामी आत्तिन्छ । उसलाई ती सोचाई आउनाले उसमा छटपटी भईरहन्छ । साथै चुकुल लगाई सकेपछि पटक पटक हेर्नुपर्न, हात बारम्बार धोई रहनु पर्ने आदि समस्या रहन्छ ।

ख) कडा मानसिक रोग :  

मेनिया– यो रोग डिप्रेसनको उल्टो खालको रोग हो । बिरामी म ठूलो मान्छेृ बन्छु, म प्रसिद्व व्यक्ति हूँ भन्छ र घमण्ड गर्ने हुन्छ । बिरामीले भनेको नमाने पिट्ने गर्छ । राम्रो लुगा लगाउनु पर्ने, मीठो खाना माग्ने तथा पैसा माग्ने र झगडा गर्नै गर्दछ । कहिले मेनिया हुने र कहिले डिप्रेसन देखिने रोगलाई बाइपोलललर एफेक्टिभ डिसअर्डर भनिन्छ ।

सिजोफेर्निया– यो यस्तो रोग हो, जसमा बिरामीलाई आफू बिरामी भएको थाहा हुँदैन । बिरामी एक्लै बस्दा कानमा आवाज आउँछ । बिरामी अरुसंग शंका गर्ने, सर संगत छाड्ने र एक्लै बस्ने, दैनिक काममा ध्यान नदिने, सफा सुग्घर गर्न छाड्ने, घरबाट भाग्ने हुन्छ ।

ग) अन्य :

लागु औषधी र रक्सीको समस्या– खासगरी स्कूल जाने, हाई स्कूल तथा कलेज जाने विद्यार्थी लागू औषधी सेवन गर्नै कुलतमा फसेको देखिन्छ । विभिन्न प्रकारका ऋयगनज कथचगउ (खोकिको औषधी), गाँजा टिजोजेसिक र हिरोईन जस्ता औषधी लिंदा मस्तिष्कमा असर पर्दछ । उनीहरु एकपटक लिएपछि छोड्न सक्दैनन् ।

कतिपय अवस्थामा चोर्ने आदि अपराधमा उनीहरु संलग्न भएको पाइएको छ । अर्को समस्या रक्सी सेवन गर्ने हो । जब मानिसले रक्सी लिन थाल्छ, दिनदिन उसको मयकभ मात्रा बढ्न थाल्छ । पछि ऊ बिहान पनि रक्सी नलिई बस्न सक्दैन । उसमा छारेरोग देखिने, होस हराउने, पेट पोल्ने, मुटुको रोग, कलेजोको रोग, डिमेन्सिया ९म्झभतष्ब० तथा डर लाग्ने र डिप्रेसन जस्ता रोग लाग्ने संभावना बढी रहन्छ । जुन उपचार गरे निको पार्न सकिन्छ ।

छारे रोग– अचानक शरीर कडा हुने, काम्ने, र बेहोस हुने, आँखा हल्लिने, जिब्रोमा चोट लाग्ने आदि समस्या लिई धरै बिरामी आउँछन् । कतिपय बच्चामा एक देखि दुई मिनेट टोर्लामात्र रहने पनि एक प्रकारको छारे रोग हो । यो उपचार गरे निको हुन्छ । यो रोगमा औषधी ४ वर्षसम्म सेवन गर्नु पर्छ ।

सुस्त मनस्थिति– यस्ता बिरामीमा बौद्विक क्षमता ९क्ष्।त्त।० कम हुन्छ । दैनिक जीवनमा यस्ता बिरामी सिक्ने, काम गर्ने, पढ्ने कुरामा निकै पछि पर्छन् । यसलाई बुद्वि कम भएको पनि भनिन्छ । उपचार गरे बिरामी राम्रो हुन्छन्, तर उनीहरुलाई सीप सिकाई बुद्वि अनुसारको काम लगाउनु पर्दछ ।

मानिसक रोगका कारणहरु 

ड्ड    वंशानुगत रुपमा सर्ने
ड्ड    न्युरोट्रान्समिटरको गडबढी जस्तै डोपामाइन, सेरोटोरिन र नोरेपिरेफ्रिन
ड्ड    आमा बाबुबाट बाल्यवस्थामा टाढा रहनाले
ड्ड    हर्मोनको गडबडी जस्तै थाइराई, एड्रिनल, ग्रोथ हर्मोनको गडबडी भएमा
ड्ड    शारीरिक रोग लामो समय समयमा लाग्छ जस्तै चिनिको रोग, मृगौलाको रोग आदि
ड्ड    बिरामी हुनु अघिको व्यक्तित्व
ड्ड    तात्कालिन घटनाक्रम जस्तै मानिस मर्नु, नोक्सानी हुने कुनैपनि घटना घट्नु
ड्ड    पारिवारिक अस्वस्थ्य सम्बन्ध
ड्ड    लागू पदार्थ सेवन गर्नाले
ड्ड    गर्भवस्थामा संक्रमण, मस्तिष्कको वृद्धिमा रोक आदि
ड्ड    समाजबाट टाढा रहनाले, बसाइ सर्नाले
ड्ड    टाउकोको चोटपटक

कसरी मानसिक रुपमा स्वास्थ्य बन्ने ?

ड्ड    अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाई नगर्ने ।
ड्ड    अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने ।
ड्ड    पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झुट्टा सावित भएका छन् तिनमा विश्वास नगर्ने ।
ड्ड    हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
ड्ड    जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहेनत गर्न नछाड्ने ।
ड्ड    लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले, यी वस्तुबाट टाढा रहने ।
ड्ड    दैनिक जिवनमा स्वास्थ्य प्रतिस्पर्दा गर्ने ।
ड्ड    समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने ।
ड्ड    अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने ।
ड्ड    आफ्ना समस्या आफ्नो परिवार, साथीभाईलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ ।
ड्ड    मनलाई सधै शान्त राख्ने ।

मानसिक रोग लागेको कसरी चिन्ने ?

ड्ड    मानिसमा धेरै अंगका जटिल लक्षण एकैचोटी देखिएमा ।
ड्ड    अनौठो व्यवहार देखापरेमा ।
ड्ड    एक्लै बोल्ने, एक्लेै हांस्ने गरेको देखेमा ।
ड्ड    अरु्रदेखि संका गर्ने देखिएमा ।
ड्ड    आत्तिने, डराउने, चिन्ता गर्ने, घरबाट भाग्ने गरेमा ।

मानसिक रोग बारे जान्नै पर्ने कुरा

ड्ड    मानसिक रोग अति सामान्य (जस्तै टाउको दुख्ने मात्र) देखि कडा खालका (एक्लै बोल्ने, एक्लै हांस्ने पागलपन) सम्मका हुन्छन् । सामान्य खालको मानसिक समस्या हु¤दा आत्तिनु हु¤दैन र उपचार गर्न पनि हिचकिचाउनु हु¤दैन । कडा मानसिक रोगका विरामीलाई परिवारका सदस्यको सहयोग अति आवश्यक छ ।
ड्ड    मानसिक रोग लाग्नु पापको फल होइन ।
ड्ड    उपचार गरे मानसिक रोग निको हुन्छ ।
ड्ड    मानसिक रोगका विरामीलाई सबैले सहयोग गर्न पर्छ ।
ड्ड    उपचार गरिरहेका मानसिक रोगका विरामीले डाक्टरको सल्लाह विना आपैm औषधि छाड्नु हु¤दैन ।
ड्ड    उपचारको क्रममा विभिन्न ल्याव परिक्षण गर्दा पनि कुनै रोग नदेखिएमा त्यो मानसिक रोग हुने सम्भावना धेरै रहन्छ ।
ड्ड    मानसिक रोगको उपचारमा काउन्सिलिङ (साइकोथेरापी) र इ.सि.टि. (विद्युतिय उपचार) को पनि ठुलो भúमिका रहन्छ ।
ड्ड    मानसिक रोगका विरामीहरु घरपरिवार, समाज तथा द्वन्दको कारण शोषणमा पर्न सक्छन् ।

मानसिक रोगको उपचार विधी–

साइकोथेरापी
औषधी प्रयोग
विद्युतीय उपचार

धेरैजसो बिरामीहरु साईकोथेरापी तथा औषधीको पैयोगबाट निको हुन्छन् तर कसैलाई इसिटी पनि गर्नुपर्ने हुन्छ ।