incounterपर्सा, २५ असोज ।  पर्साको वीरगन्जमा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ । वीरगन्ज उपमहानगरपालिका–१८ सिरोमणि टोलमा गएराति भएको भिडन्तमा एक युवकको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

चाडपर्व विशेष सुरक्षा योजनाअन्तर्गत गस्तीमा रहेको प्रहरी टोलीमाथि भारतीय मोटरसाइकलमा सवार दुई युवाले गोली चलाएका थिए । मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।

मोटरसाइकल पछाडि बसेकाको मृत्यु भए पनि मोटरसाइकल चालक भने भागेको प्रहरीले जनाएको छ । श्रेष्ठले फरार मोटरसाइकल चालकको खोजी भइरहेको बताए । प्रहरीले घटनास्थलबाट एकथान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने चार राउण्ड गोली बरामद गरेको छ ।

प्रहरी स्रोतका अनुसार मृतक भारतीय नागरिक हुन् । मृतक भारत बिहारस्थित रक्सौल जिल्लाका दिसाद अलाम नाम गरेका युवक रहेको दाबी श्रोतको छ ।

आलम वीरगन्जका व्यापारी सुरेश केडिया अपहरणमा संलग्न थिए ।