
रक्सीको अत्याधिक सेवनले स्वास्थ्यमा हानी पु¥याउँछ । अधिक रक्सी सेवनबाट कलेजोको रोग, स्ट्रोक, मुटु रोग र क्यान्सरको सम्भावना बढी हुन्छ । उच्च रक्तचापको प्रमुख कारण रक्सी सेवन पनि हो ।
रक्सीमा अत्याधिक शक्ति हुन्छ । यसबाट शरीरलाई प्रसस्त क्यालोरी प्राप्त हुन्छ । यसले शरीरको तौल बढाउन मद्दत पु¥याउँछ । तौल घटाउन रक्सीको सेवन बन्द गर्नुपर्छ । उच्च रक्तचापका रोगीले रक्सी सेवन बन्द गरेमा रक्तचाप पनि कम भएर जान्छ । रक्सी थोरै मात्रामा सबैका लागि फाइदाजनक छ भनी निष्कर्ष निकाल्नु कदापि हुँदैन ।
कसका लागि फाइदा छ र कसका लागि बेफाइदा छ भन्ने कुराको निर्णय शरीरको पूर्ण परीक्षणपछि चिकित्सकले गर्ने हो । यसकारण रक्सीको थोरै मात्रामा सेवन गरिरहेका व्यक्तिले रक्सी सेवन चालू राख्ने या बन्द गर्ने निर्णय लिन प्रत्येक ६–६ महिनामा चिकित्सकको राय लिनु आवश्यक हुन्छ ।
कुन रक्सीमा कति क्यालोरी ?
रक्सी मात्रा क्यालोरी
बियर २५० मिलि (१ गिलास) १२२
ब्रान्डी ३० मिलि (१ पेग) ९८
जिन ३० मिलि (१ पेग) ८४
रम ३० मिलि (१ पेग) ९८
स्कच ह्विस्की ३० मिलि (१ पेग) ९१
रेड वाइन १०० मिलि (३ औंस) ८२
ह्वाइट वाइन १०० मिलि (३ औंस) ७५
