दाङ, २४ असोज । तीन छुट्टाछुट्टै दुर्घटनामा परि दाङमा ६ जना घाईते भएका छन् । बिहान करिब ८ बजेतिर तुलसीपुर चोकबाट ट्राफिक तिर जादै गरेको रा ३ प ३७२५ नम्बरको मोटरसाईकललाई सोहि दिशाबाट आईरहेको रा ३ प ४९२८ नम्बरको मोटरसाईकले पछाडिबाट ठक्कर दिदा २ जना घाईते भएका छन् ।

accidentघाईते हुनेहरुमा ३७२५ नम्बरका मोटरसाईकल चालक रामपुर ७ निबासि ४० बर्षिय ठगुराम केसी र उहाकि ११ बर्षकि छोरि सुष्मा केसी घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घाईतेहरुको अहिले राप्ति उपक्षेत्रिय अस्पताल घोराहीमा उपचार भईरहेको छ ।

यस्तै गएराति लमही नगरपालिका ५ टिकुलिगढि स्थित पुर्ब पश्चिम राजमार्गमा नम्बर नखुलेको बसको ठक्करबाट ३ जना घाईते भएका छन् । पश्चिमबाट पुर्ब जादै गरेको बसले रा १ प ७१७४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक सोहि ठाउका २८ बर्षिय बिन्तिराम चौधरी र मोटर साईकल पछाडि बसेकि सतवरिया ५ बस्ने २२ बर्षिय माया चौधरी घाईते भएको प्रहरीले जनाएको छ ।

साथै सोहि बसको ठक्कर बाट टिकुलिगढि ५ बस्ने २२ बर्षका आशिष चौधरी घाईते भएको र घाईते तिनै जनाको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार भईरहेको छ । ठक्कर दिने बसको खोजि भईरहेको प्रहरीले जनाएको छ ।

यसैबिच घोराही नगरपालिका ११ रझेनामा चोक नजिक मोटरसाईकलको ठक्कर बाट एक बालिका गम्भिर घाईते भएकि छिन् । हिजो बेलुका करिब ५ बजेतिर रझेना चोक नजिक रा १ प २३४६ नम्वरको मोटरसाईकलको ठक्करबाट घोराही ६ बस्ने २ बर्षिय श्रेया नेपाली गम्भिर घाईते भएको बताईएको छ । घाईते बालिकालाई राप्ति उपक्षेत्रिय अस्पताल घोराहीमा सामान्य उपचार पछि थप उपचारकालागि नेपालगञ्ज रेफर गरिएको बताईएको छ ।।