काठमाडौं, २४ असोज । हिन्दुहरुको महान चाड बडादशैंका अवसरमा महाअष्टमीका दिन राष्ट्र प्रमुखले विभिन्न शक्तिपीठहरुको भ्रमण गर्ने परम्परा छ । तर, राष्ट्रप्रमुखको भूमिकामा नरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार शक्तिपीठहरुको भ्रमण गर्ने समय यसरी तय गरे, उही समयमा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणको समय तय भएको थियो ।

bidhya-gyanendra‘पूर्वराजाले हिजो बेलुका ४ बजेदेखि शक्तिपीठहरुको भ्रमण गर्ने भनेका थिए, तर त्यही समयबाट राष्ट्रपतिज्यूको पनि भ्रमणको समय तय भयो,’ उच्च सुरक्षा स्रोतले अनलाइनखबरसँग भन्यो,’एकै समयमा जम्काभेट नहोस् भनेर हामीले पूर्वराजाको समय बेलुका पाँच बजे सार्‍यौं ।’

शीक्तपीठ भ्रमणको समय एक घण्टा अघिपछि पारिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी छोरीहरुलाई लिएर बेलुका ४ बजेदेखि शक्तिपीठहरुको भ्रमणमा निस्किइन् । पूर्वराजा ज्ञानेन्द्र पनि जवाफी पारामा नाति हृदयेन्द्र शाहलाई लिएर शक्तिपीठहरुको दर्शन गर्न निस्किए ।

राष्ट्रपति भण्डारीले छोरीसहित राजधानीका विभिन्न शक्तिपीठहरुमा पुगी पूजाआजा गरिन् । वडादशैंको आठौं दिन आइतबार महाअष्टमीको अवसरमा राष्ट्रपति भण्डारीले राजधानीका विभिन्न १० वटा शक्तिपीठको दर्शन एवं पूजाआजा गरिन् ।

अनलाइन खबरबाट