रेणु डिसी 

दाङ, २४ असोज । तरवार सहित दाङमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । घोराही नगरपालिका ११ भरतपुर आर्मि ब्यारेक नजिक हातमा तरवार बोकि रा ३ प ६२५ नम्बरको मोटरसाईकलमा अपराधिक क्रियाकलापमा हिडेको भन्दै प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

tarawar-sahit-pakrauवडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरिक्षक सुर्य थापाको गस्ति टोलिले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही शब्जिमण्डि नजिक बस्ने २३ बर्षका मिलन नेपाली र बि.पी चोक बस्ने १८ बर्षका नबिन खत्रि रहेको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।।