
उदयपुर,२४ असोज – खोलाले बगाएर उदयपुरको कटारी नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । स्थानीय बेलसोत खोला तर्ने क्रममा बगाएर कटारी नगरपालिका वडा न. ३ की मैया मगरको मृत्यु भएको हो । आइतबार साँझ श्रीमान गायान बहादुर मगरसँगै खोला तर्दा बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चिरिन्जीवी कोईरालाले जानकारी दिए ।
![hf]lvdk"0f{ ofqf kfFry/sf] lkmlbdaf6 #% lsdL k"j{sf] d]jf vf]nfdf hf]lvdk"0f{ ofqf ub}{ ofq' . tl:a/ M lht axfb'/ e08f/L, kfFry/, /f;;](http://indrenionline.com/wp-content/uploads/2016/06/Rss_Images_1466503454206_JB_Panchthar_062116_khola-tardai.jpg)
साँझ खोलाले दुई जनालाई बगाएको भन्ने प्रहरीलाई सूचना प्राप्त हुनासाथ घटना स्थलमा प्रहरी परिचालन गरिएकोमा स्थानीयको सहयोगमा श्रीमानलाई उद्दार गर्न सफल भएको डिएसपी कोईरालाले बताए । मृतक महिलाको सव पोष्टमाष्टमको लागि कटारी अस्पताल लगिएको छ ।
त्यसैगरी ज्यान मार्ने उद्योगमा सजाय पाएका एक फरार अभियुक्त प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरिसे गाविस वडा नं. ६ बस्ने युवराज मगर रहेका हुन । फरार मगरलाई दशैमा घर आएको मौका छोपेर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । मगरलाई जिल्ला अदालत उदयपुरले ६ बर्ष कैद सजाय तोकेको थियो ।
रातोपाटी बाट
