काठमाडौं, २२ असोज । चिकित्सा क्षेत्रको अनियमिता हटाउन सत्याग्रह स्वरुप लगातार आमरण अनसन बस्दै आएका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले दशैं अवधिभर आमरण अनसन स्थगित गरेको घोषणा गरेका छन् ।

drkcचारबुँदे माग राखेर अनसन सुरु गरेको १२ दिन राति ९ बजे उनले पत्रकार सम्मेलन गरेर दशैंभरका लागि अनसन स्थगित गरे । उनले भनेका छन्, दशैंको समयमा हाम्रो सत्याग्रह जारी राख्दा आम नागरिकहरुको दशैं पर्व खल्लो हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै मैले दशैंभरको अवधिका लागि आजैको दिनदेखि सत्याग्रहको कार्यक्रम स्थगित गरेको जानकारी गराउँछु ।’

तर आफ्ना जायज मागहरु पुरा नहुँदा सम्म फेरी लगातार अनसन बस्ने भन्दै डा. केसीले पूर्णिमा लगतै फेरि अनसन सुरु गर्नेछन् ।