गोविन्द खड्का
घोराही २२ असोज । आफु अध्यक्षमा चयन भएपछि सुपरटोल विकास संस्था घोराही ११ का शुसिला आचार्यले देखीने काम रोज्नुभयो सरसफाइ । उद्योग वाणिज्य संघलाई बोलाएर टोल क्षेत्रमा असोजको शुरुमै अभियान चल्यो ।
छोटो छलफल पछि दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडे सहितको टोलि राप्ती सुपरलज बाट निश्कियो । शहिद गेट नजिक आएर पश्चिम किनाराको असुहाउदिलो झाडि उखेल्यो । वरपरका व्यवसायीली चासो दिएर हेरे । संघका उपाध्यक्ष नारायण भुषाल, महासचिव दिपक सुवेदी, सदस्यहरु वसन्त जोशी र श्रीधर पोख्रेल सहितको जम्बो टोलि फोहर टिप्नमा जुट्यो ।
टोलविकास संस्थाका पुर्व अध्यक्षहरु सतिको करीव पचास जनाको टिम सरसफाइ अभियानमा जुटेको थियो । घरवाला मात्रै नभएर पसल व्यवसाय गरेकाहरु पनि कार्यक्रममा सहभागि थिए । भाषण सुन्ने र हिड्ने काम भएन । सर्टर सर्टरमा गएर सुचना दिने, सार्वजनिक स्थलको फोहर टिप्ने काम शहिद गेट देखि नेपाल बैंक सम्म चल्यो । सा“झ फोहर भित्र राख्ने, बन्द गर्नु अघि आफ्नो क्षेत्रको सबै टिप्ने र सबैले अनिवार्य डस्टिविन राख्नुपर्ने भनियो ।
पर्सिपल्ट उद्योग वाणिज्य संघले विद्युतका पोल पोलमा टा“ग्न मिल्ने गरी प्लाष्टिकका डस्टिविन पठायो । सरसफाइमा बैंकरोड संग शहिद उमेश मार्ग पनि जोडियो । नव आगान्तुकलाई सोच्न बाद्य बनाउनेगरी टागिए । प्लाष्टिक भुईमा देखिन छाड्यो । एउटा सार्वजनिक स्थलको बाहेक अन्त आफ्ना अगाडिको झार उखेलेर फाल्न थालियो । थुक्न लाज लाग्ने गरी सफा देखियो । एक दुई जना बाहेक कसैले बाहिर फोहर रातिपनि फाल्दैनन् । प्लाष्टिक लगाएत फोहर खस्नै नदिए आचार्यले आफ्नो कार्यकालको पहिलो पाईला सफल मान्नुपर्छ । त्यसका लागी केहि दिनका पसल बन्द गर्ने सा“झ आचार्यले सर्टर सर्टरमा डिउटि दिनुपर्छ ।
पहेंलो खकार आएपछि जहाँ फोहर छ त्यहि फाल्छ’ घोराही १० गौतम नगरका शिबराज अभिकारीले पसल पसलमा पुगेर औला ठड्यादै भनिरहेका थिए ‘आफ्नो घर अगाडि आफै सफा गर्छ दुःख पनि हुन्न ।’ उहा“का अनुसार कचेरा जम्मा गरीएको, व्यवारीसे देखिने र अव्यवस्थित ठाउमा थुकिन्छ । कुकुरले पिसाव गर्छ । वरपरकाले फोहर ल्याएर थुपार्छन् । बटुवाले फाल्छन् ।
घर र पसलको फोहर पनि छेकहेरी खाली र एकान्त ठाउमा खसाल्ने बानि हुन्छ । रग रगाट सफा क्षेत्रमा कसैले थुक्ने हिम्मत गर्दैन । कुकुरले पनि फोहर थुपारेकै ठाउ“मा मुतिरहेका दृश्य बजार भरी हुन्छन् । त्यसका कारक फाल्ने वातावरण तयार गर्ने र लगेर खत्याउने दुबै थरी हुन् । उमेर ६७ बर्ष पुगेको बताउने अधिकारी सरसफाइमा सचेत छन् । उनले अनौपचारीक छफलमै भने ‘फोहर जहा“ भेट्छु, त्यसलाई मान्छे होस कि ? पशु भन्छु’ थप जंगिए ‘बसेकै ठाउ“मा गु मुत पशुले मात्रै मनलाग्दी फ्या“क्छ ।’ चाउरीएको शरीर भएपनि अधिकारी हलुको ज्यान संग बोल्थे । उनको हावाभाव र विचारमा बृद्धको कुने संकेत मिल्दैन्थ्यो । फुर्तिला आ“टिलो युवा जोश थियो ।
‘ल ल तुरुन्त उठा’ औंला ठड्याएर फोहर खुला थुपारेका क्षेत्रमा अधिकारी आदेश दिन्छन् । ‘कुनै डस्टिविनमा जम्मा गर । यत्रो शहरमा बस्ने मान्छे असभ्य हुने लाजमर्दो हुन्छ’ घोराहीमा यसरी अधिकारीले थर्काउछन् । आफ्नो घर चौघेरा जयहनुमान टोलमा पनि रहेको बताउनुभयो । त्यहाका ६३ घर कसैले पनि जथाभावि फोहर नगरेको सुनाउनुभयो । यदि कसैले गरीहाल्यो भने सिधै जरीवाना गर्ने नियम रहेको उनको भनाई थियो । टोल क्षेत्रमा झाडि झाङ, खाल्टा खुल्टि छैनन् ।
घोराही १० का गोबद्र्धन घर्तिलाई माछापोखरीमा पुकारका खोस्टा परेको पिर छ । दैनिक आठ दशवटा फाल्छन् । तर पनि कहिल्यै सकिदैन । ‘मेरो पोखरी फोहर भयो’ फाल्दा फाल्दा दिक्क भएका घर्तिले सोध्नुभयो, ‘कसलाई भन्न जाउ“ ?’ उनले ‘दंगाली भएका नाताले सभ्यताको परिचय बनाउ“ । यो सबै प्लाष्टिकले ग¥या छ है हजुर’ भनेर दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडे र उपाध्यक्ष नारायण भुषाल सहितको टोलि संग हात जोडि विन्ती गरे । पतिंगर भएर कुहिएर मल हुन्छ । माछाले पनि केहि फाईदा लिन सक्छ । प्लाष्टिक पानीमा टंचिएर फोहर मात्रै देखिन्छ ।
खाली चौरको प्लाष्टिक कता बाट आउछ ? नाला किन थुनिन्छ ? त्यहाको फोहर कसले उठाउनेहो ? यस्तै जिज्ञासा जगाएको छ । घोराही १० कै हेमराज थापाले आत्म समिक्षाको जरुरी देख्नुभएको छ ‘हामि सा¥है बिग्रेका छौ“’ उनले आबेग मिश्रीत भाव अनुहारमा झल्काउदै थपे ‘अगाडि होईन पछाडि पनी फोहर छ । कसरी गरौ“ ?’ उनका अनुसार जथाभावि फोहर गर्ने बजारबासीको भ्रष्ट बानी छ । अगाडिको क्षेत्र सफा देखिएपनि घर पछाडि नालामा कोच्ने चलन छ ।
ग्राहकले दिएको पैसा व्यापारी थुकले टिप्छन् । तिनले खसालेको फोहर हातले छुन घिनाउ“छन् । व्यवस्थापन गर्न नर्क परेको महशुस गर्छन् । बढार्दै लगेको फोहर नालामा खसाल्ने गरीन्र्छ । कसैले फाल्यो होला भनेर चोखिन्छन् । खाली जमिन तिनैले फाल्छन् । पुर्ण सरसफाइ अभियानको बाधक बन्छन । त्यसलाई हटाउन दाङ उद्योग बाणिज्य संघले बिद्युतका पोलमा डस्टिवीन र घरमा झोला वितरण गर्न थालेकोे छ । जसले बटुवालाई फोहर फाल्ने ठाउको व्यवस्था हुनेछ । घरमा पनि बजार बाट प्लाष्टिक जाने छैन । बाहिर कसैले नफाले नाला र चौर प्लाष्टिकमय हुदैन । त्यसो भए कसैले टिप्ने, फाल्ने, बढार्ने टण्टा गर्नू पदैन ।
