उनको पत्र पढेर नरमाईलो लाग्यो । त्यो डायरीको चौथो पाना पल्टाएर हेर्न नपाउदै भाईले खाना खान बोलायो । खाना खाएर आए । त्यसपछि पुनः डायरीको एक / एक अक्षरभित्र फेरि हराउदै गए म।।।।।
‘कति उजाड छ संसार तिमिबिना ! आमा, बुवा, दाजुभाइ, साथीहरु सबै छन् तर तिमि छनौ त्यसैले यो मन एक्लो छ ‘निर्मल’ । आज तिमि गएको २ हप्ता बित्यो तर मलाई वर्षौं बितेको जस्तो लगिरहेको छ । के म धेरै नै स्वार्थी भएकी हुँ त रु पटक्कै होइन यो मेरो स्वार्थ होइन प्रेम हो तिम्रालागि केवल तिम्रा लागि ।

यो अध्यारो रात अनि तिम्रो याद । हो तिम्रै न्यास्रो मेटाउन यो डायरीका सुन्दर गोरा पानाहरुलाई म रातै बनाइरहेकी छु । यदि केहि गरि म तिमीलाई भेट्न नपाउदै वा तिम्री हुन् नपाउदै मरिहालेछु भनेपनि यो डायरी तिमिकहाँ पुगोस् र मैले तिम्रो यादमा तिम्रै लागि केरेका यी नाजायज शब्दहरुलाई तिमीले जायज साबित गरिदिनु बस म यति चाहान्छु ।
म क्षत्री खानदानको छोरी र तिमि ब्राह्मणको छोरा । मलाई तिम्रो परिवारले आफ्नो घरको बुहारी बनाउन योग्य नठान्न सक्छन । हुन् त यी कुरा तिम्रा र मेरा लागि फगत हुन् तर समाजको क्रुर रुप देख्दा म साचिक्कै डराउछु कहिलेकाहीँ ।
यदि मैले यो भौतिक शरीर अरु कसैलाई नै सुम्पिनु पर्यो भने ? यदि तिमीले बाध्यतामै अरु कसैको सिउदो रंगाउनु पर्यो भने रु त्यसले हाम्रो जीवनलाई कहाँ पुर्याउला रु त्यसको परिणाम के होला रु यस्ता प्रश्नहरुले जब यो मनमा मुक्का हान्छ तब म पानीबिनाको माछाजस्तै घिटघिटि हुन्छु ।
तिमि कहिले आउछौं, तिमीसँग धेरै कुरा गर्नुपर्ने छ, तिम्रो ओठको त्यो प्रेमील टोकाई, मेरो मानसपटलबाट कहिले टाढा जानसक्दैन र जानेपनी छैन ।
उनलाई कुर्दा कुर्दै हाम्रो एसएलसी परीक्षाका नतिजा पनि आयो । म र उनि प्रथम श्रेणीमा पास भायौ । पास भएको खुसियाली साट्न त पक्कै आउछन होला भन्ने विश्वास थियो मनमा तर त्यो व्यर्थ रहेछ ।
मलाई पछि थाहा भयो उनि मामाघर गएका रहेछन् । मामाको आफ्नो बालबच्चा नभएकाले उनलाई आफै पढाउने, हुर्काउने र ठुलो मान्छे बनाउने भनेर मामाले लगेर गएका रहेछन । उनको सम्झनामै यसैगरि करिब मैले प्लस टु सके, उनले सके या सकेनन् कुनै जानकारी भएन ।
उनिसँग प्रतक्ष्य भेट नभएको २ बर्ष बित्यो, मैले गाउँकै एउटा स्कुलमा टिचिङ गर्न थाले । बिहान बेलुकी काममा व्यस्त हुदाँ पनि उनको सम्झनाले झस्कारहन्थ्यो ।
नेपाली समाज, अझ त्यहिमाथि गाउँले परिवेश । छोरीको गोडा धोएर बिहे गरिदिन पाए स्वर्ग जान पाइन्छ भन्ने पुरातनवादी सोच हाबी भएको मेरो गाउँ । म स्नातक पढ्दै गर्दा घरमा बिहेको कुरा चल्न थाल्यो । गोर्खा राइफलको जागिरे माग्न आएको छ, नाईनास्ती गर्नुहुदैन मुवाले सम्झाउनुभयो । उसो त यो पहिलोपटक बिहेको कुरा चलेको भने होइन । यस्तो कुरा धेरैचोटी भएर पनि टरेका थिए भनु या टारिएका थिए ।
‘भारत सरकारको पेन्सिन हुन्छ बुढेसकालमा, सासूससुरा एक्लै छन्, दुख दिने न त देउरानी न जेठानी । राज गरेर बस्न पाइन्छ नानी राज ! ’ भाउजुकोको आश्वासन थियो यो । मन विचलित हुदै गयो । निर्मल कहाँ छौ तिमि अनायासै किन हरायौ रु मनमनै प्रश्न गरे उनलाई । तर मेरो पुकार के सुन्थे र उनले । मेरो भविस्यको लागी होइन, मेरो आमाबुवाको प्रतिष्ठाका लागि मैले बिहे गर्नुपर्ने भयो । यो समय म यति लाचार भए की मौन बस्नुको बिकल्प भेटिन ।
मैले विद्रोह गर्नसक्थे, मैले सबैकुरा नबुझिकन, सबै व्यवहार थाहा नपाइकन त्यो अपरिचित पुरुषलाई जीवनसाथीको रुपमा स्वीकार गर्न सक्दिन बाबा भनेर । तर त्यो कसका लागि रु मेरो बाल्यवस्थाको कलिलो पेम जसका निम्ति बलिदान गर, आज उसैले बेवास्ता गरे गयो, उसले सब बिर्सेर गयो भने मैले उसकालागी बाउआमासँग कुन हैसियतले विद्रोह गरुँ रु सबैको सहमतिमा अन्तः असोज २० अर्थात् दशैंको दिन बिहे पक्का भयो, लाहुरे ‘दुलाहा’लाई धेरै दिन बिदा पाइएन । दशैंको बेला परेर १ हप्ताको बिदा लिएर आउदै छन् । ठिक दशैंको १ दिन अगाडी घर पुग्नेछन अनि ५ दिनपछि फर्किने रे, भाउजुले अरु कसैलाई भनेको सुने ।
बिहे अनि दशैंको दिन रु मन भक्कानियो । कसलाई सुनाउ अब यो पिडा रु टिका जमरा थाप्ने मेरो सिरले सिन्दुर पोते थाप्नुपर्ने भयो । मन बसमा राख्न सकिन, बेहिसाब छटपटी भयो । यता इष्टमित्र, आफन्त र साथीहरुको जमघट अनि बिहेको सजावटमा घर रंगिन थाल्यो । सबै खुशी थिए म बाहेक !
बिधिअनुसार बिहे सम्पन्न भयो । बाउआमा र दाजुभाइले मेरो डोली अन्माए । दशैं ‘दशा’ बनेर आयो मेरोलागि । मेरो साधा सिउदोलाई अपरिचित मान्छेले रंग्यायो र मेरो भौतिक सरिरमाथि आफ्नो अधिकार सुनिश्चित गर्यो। मन त अन्तै थियो।
यस्तो लाग्न थाल्यो, स्वतन्त्र मेरा हातहरुमा चुरा नामका हतकडी लगाइए । आफ्नै गलामा लगाइएका थरी थरिकाका पोतेहरु हेरे । त्यो क्षण आफुलाई कुनै जेलखानाको कैदीसँग तुलना गरे मैले ।
लाग्यो – यो लाहुरेको ठाउँमा मेरो निर्मल भइदिएको भए रु उसको नामको सिन्दुरले आफुलाई रंगाउनु पाएको भए । तर त्यो मेरो मनभित्रको चित्कार मात्र थियो, नकसैलाई भनिएको, न कसैले सुनेको ।
दुलाहाको घर पुगेपछि बुहारी नाम पाए । अघि भर्खर छोरी मात्र थिए आजको आजै बुहारी १ यो कस्तो दुर्भाग्य मानु की सौभाग्य ? बिहे घरमा बाजागाजा घन्किरहेका थिए । दुलही अर्थात् मलाई भित्र्याउने सुरसार गरिन् एउटा अधबैंसे महिलाले । पछि भित्र गएर नाता पहिचान गर्दा थाहा भयो सासुआमा उनै रहेछिन् ।
बुलेकी सबै काम सकिएपछि दुलाहाको २ जना दिदिले खाना खान आग्रह गरे । मलाई भोक लागेको छैन, थकाई लागेको छ बरु आराम गर्न पाए हुन्थ्यो । मेरो आग्रह कसैले सुनेनन् । ‘आज तपाईको पहिलो दिन यो घरमा, अब तपाई यो घरकी लक्ष्मी । नाइँ भन्नु हुदैन खानैपर्छ ।’
आमाजुहरुको जबर्जस्तीले २ गाँस मुखमा हाले । तर निल्न निक्कै कठिन भयो । मानौं उनीहरुले मलाई खाना होइन जहर खुवाइरहेका छन् जस्तो । खोइ कस्ती रहेछिन लाहुरेकी दुलही रु भन्दै हेर्न आउनेहरुको पनि भीडभाड नै थियो ।
कुनै प्रदर्शनीमा राखिएको सुन्दर बस्तु पो भएछु म त । फेरि आशु चुहियो तरर । साडीको पल्लाले तुरुन्तै पुछे कसैले देख्न नपाउदै । ‘रात निक्कै भैसक्यो, बुहारी थाकेकी होलिन्, अनिदो पनि छिन, जाउ उनको कोठामा पुर्याएदेउ ।’ सासु आमाले आदेश दिँदै भनिन् ।
२ जनाले २ तिर २ वटै पाखुरामा समातेर ताने, ,मानौं म कुनै अस्पतालको बेडबाट उठ्नै नसक्ने गरी थला परेको बिरामी हुँ । दाँया झ्यालपट्टि एउटा ठुलो दराज, लहरै ३ वटा सोफा अनि बायाँतिर २ जना सुत्नमिल्ने सजिसजाउ एउटा खाट । ढोकामा पुग्नेबित्तिकै सबै छर्लङ्ग देखियो ।
‘तपाई आराम गर्नुस हामी विजयलाइ पठाईदिन्छौ १ ’ मलाई समातेर ल्याउने दुर्इटी मध्ये एउटीले भनिन् । बल्ल थाहा पाए मेरो श्रीमान भनेको मान्छेको मान विजय रहेछ । म उत्तरबिहिन थिए, ‘हुन्छ’ को इसारामा टाउको मात्र हल्लाए ।
त्यो कोठाको थप परिवेश नियाल्न नपाउदै एकैछिनमा विजयको आगमन भयो, उनि सरासर कोठामा पसे आफुले लगाएको टाइ र कोट खोलेर ढोकाको पछाडि झुण्ड्याए । अनि छेउमै आएर बसे ।
मलाई भने उनको अनुहारसम्म हेर्न मन थिएन । मनमनै उनलाई मैले मेरो सिउदो बिगार्ने अपराधि घोषित गरिसकेकी थिए । कति अजिबको छ यो जिन्दगी रु आफुले चाहेकोजस्तो कदापी हुदैन, जुन कुराको कहिले कल्पनासम्म पनि गरेको थिएन, आज आएर त्यहि परिस्थितिको सामना गर्नु पर्दा आफुलाई जिउदो लाश ठानेको छु ।
लाग्यो, यो सुनसान रात , जेलाखानाजस्तो यो अपरिचित कोठा र मेरो जिन्दगीको खलनायक यो लाहुरे । आज एकै रातमा म कयौंचोटी मर्ने छु, हत्यारा लाहुरे हुनेछ भने त्यस्तो साक्षी मेरो निर्दोष आत्मा र शरिर ।
ताजा खबरबाट साभार
