samsad-nepalकाठमडौ २१ असोज ।  संसदमा दर्ता भएका निर्वाचन सम्बन्धि विधेयकमा संसोधन दर्ता गर्ने समय आज सकिदैछ । हिजोसम्म नै दलहरुले एक दर्जनभन्दा बढी संसोधन दर्ता गराएका छन् ।

राजनीतिक दलसम्बन्धी विधेयकमा सांसदहरूले संशोधन दर्ता गराउँदै थ्रेसहोल्ड राख्न प्रस्ताव गरेका छन् । एमाले, माओवादी केन्द्र राप्रपा नेपाल लगायतका दलले संसोधन दर्ता गरिसकेका छन् । नेपाली कांग्रेसले आज धारणा बनाएर संसोधन दर्ता गर्नेछ । कांग्रेसमा छलफलमा चलिरहेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले विधेयकबारे पार्टीका वरिष्ठ नेताहरूबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

कांग्रेस सांसद भरतकुमार शाहले भने ५ प्रतिशतको थ्रेसहोल्डसहितको संशोधन प्रस्ताव बिहीबारै दर्ता गराएका छन् । दलको चिह्नसम्बन्धी प्रस्तावमा पनि एमाले र राप्रपा नेपालले संशोधन दर्ता गरेका छन् । विधेयकमा राष्ट्रिय झन्डा, राष्ट्रिय जनावरसहितका चिह्न, अन्तर्राष्ट्रिय संगठनहरूको झन्डासँग मेल खाने चिह्न चुनाव चिह्नका रूपमा प्रयोग गर्न नहुने उल्लेख छ । विधेयकमा दलको केन्द्र, प्रदेश र स्थानीय कमिटीमा कम्तीमा एक तिहाई महिला हुनुपर्ने व्यवस्था छ ।