accident-graphic-Mediumसल्यान २१ असोज ।  सल्यानमा भएका बिभिन्न सवारी दुर्घटनामा परि एक जनाको मृत्यू भएको छ भने २२ जना घाईते भएका छन् । शुक्रबार बिहान साढे पाँच बजे तिर यात्र लिन हिडेको बुकिङ गाडि दुर्घटना हुदा एक जनाको मृत्यू भएको छ भने उक्त गाडिका सहचालक घाईते भएको प्रहरीले जानकारी दिनुभएको छ ।

शारदा ६ मदमकाँडा नजिकै सल्यान रुकुम यातायातको लु १ ज २९३४ नम्बरको जीब दुर्घटना हुदाँ जीप मालिक तथा चालक शारदा नगरपालिका १ का ३२ बर्षका घनश्याम थापाको मृत्यु भएको हो भने जीप सहचालक शारदा नगरपालिका १ का याम बहादुर भण्डारी घाइते भएको भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिनुभयो । प्रहरीका अनुसार बाटोमा साँघुरो भएकाले जीब ब्याग गर्ने क्रममा दुर्घटना भएको हो ।

यस्तै सल्यानमा ट्रक दुर्घटना हुदा २१ जना घाईते भएका छन् । तरकारी बोकेको मिनि ट्रक शुक्रबार विहान दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । धनवाङ २ मुलपानी नजिक आगरखोला भन्ने स्थानमा शुक्रबार लाग्ने कपुरकोटको तरकारी बजारमा रिम ३ खारखोला बाट तरकारि लिएर आउँदै गरेको रा १ ख ११५१ नम्बरको गाडी दुर्घटनामा परेको हो ।दुर्घटनामा घाइते हुने १९ जना रिम, त्रिवेणि र धनवाङका किसान रहेका छन् भने एक जना चालक तुनपा ९ का अमर बुढाथोकी र सहचालक शुक बहादुर चौधरि रहेका छन् ।

घाइतेहरुको कपुरकोट स्थीत पोलिक्लिनिक र दाङ तुलसीपुरमा उपचार भइरहेको कपुरकोट प्रहरीले जनाएको छ । गाडी सडक भन्दा २५ मिटर तल खसेको छ । चालकको अनिद्राले गर्दा गाडी दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।