chahal-pahal

तुलसीपुर २० असोज ।   हिन्दु नेपालीहरुको महान चाड बिजयादशमी तथा तिहार भित्रिएसंगै दाङको तुलसीपुर बजारमा चहल पहल बढेको छ । केही समय अघि नागरिकहरुको आवात जावत कम हुने तुलसीपु बजारमा अहिले घुईचो निकै बढेको छ । चाडबाडका लागि बजारमा किनमेल गर्ने तथा बाहिरी देश तथा जिल्लाहरुबाट दाङ आउने क्रम बढेसंगै चहल पहल बढेको हो ।

बजारका बिभिन्न पसलहरुमा पनि सामान किन्ने ग्रहाकहरुको घुईचो हुने गरको छ । बिशेष गरी कपडा पसलहरुमा बढि भिड हुने गरेको कपडा पसलेहरुले बताएका छन् । चाडपर्ब भित्रिए संगै तुलसीपुर लगायत घोराही , लमही , नारायणपुर , भालुवाङ, हापुरे , गढवा लगायतका बजारमा पनि चहलपहल निकै बढेको बताईएको छ ।