naya-noteतुलसीपुर २० असोज ।  दाङमा नयाँ नोटको अभाब रहेको छ । सरकारले यहि १६ गते देखी देशैभर नयाँ नोट सटही गर्ने जनाएपनि दाङका अधिकांसले अझै नयाँ नोट साट्न नपाएको गुनासो गरेका छन् ।

यसैबिच नेपाल राष्ट्रिय बाणिज्य बैंक तुलसीपुरले हिजो सिमित नयाँ नोट बितरण गरेको जनाएको छ । तर त्यो प्रयाप्त नभएको बैंकका प्रबन्धक केशब खनालले जानकारी दिनुभयो । खनालका अनुसार आज पनि नयाँ नोट साटिने छ । यस बर्ष दाङका लागि आबश्यक भन्दा थोरै रुपैया आएकाले सबैसामु पु¥याउन नसकिएको प्रबन्धक खनालले जानकारी दिनुभयो ।

नयाँ नोट साटन् भनी नागरिकहरु तुलसीपुरका सरकारी तथा निजि बैंकमा धाउने गरेका छन् । तर नपाएर फर्कनु पर्ने उनीहरुको बाध्यता रहेको तुलसीपुर ५ की कमला चौधरीले गुनासो गर्नुभयो । बैंकहरुलाई पहुँचका आधारमा नयाँ नोट बितरण गरेको आरोप लागेको छ । घोराहीको नेपाल बैंकमा पनि नयाँ नोटको अभाब रहेको बताईएको छ । त्यहाँबाट पनि अधिकांस नागरिक नयाँ नोट साट्न नपाई रित्तै हात फर्कनु पर्ने बाध्यता रहेको दुखेसो पोखेका छन् ।