goltakuriगोलटाकुरी २१ असोज ।  गोल्टाकुरी गाविसमा यस आर्थिक वर्षको दोस्रो चौमाशिक चौमासिक भित्र करिव २१ लाख वारवारको अनुकुलनका क्रियाकलाप सञ्चालन हुने भएका छन् । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तरगत सञ्चालन हुने वभिन्न वैठक, तालिम, भौतिक निर्माण लगाएत अनुकुलनका क्रियाकलाप सञ्चालन हुने गोल्टाकुरी गाविसका लापा सहजकर्ता प्रभा वलीले जानकारी दिनुभएको छ ।

वातावरण तथा जलवायु परिवर्तन समन्वय समिति गोल्टाकुरीको योजना तर्जुमा वैठकले सो रकमलाई विनियोजन गरेको हो । समितिका संयोजक ज्ञानबहादुर केसीको अध्यक्षता तथा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दाङका कार्यक्रम संयोजक राम थापाको आतिथ्यमा भएको वैठकले समयमै कृयाकलाप सम्पन्न गर्नको लागि उपभोक्ता समिति गठन गर्ने निर्णय गरेको छ ।

वैठकले वडा नम्वर ३ र ५ मा सिचाइ कुलो मर्मत, वडा नम्वर २ र ३ मा खानेपानी पाइप तथा धारा विस्तार, ६ र ७ मा कुवा निर्माण, ८ को गैरागाउँमा बागेचिरा कटान नियन्त्रण तथा पक्कि वाल निर्माण लगाएतका योजना छनोट गरेको छ । त्यसैगरी वैठकले वडा नम्वर ९ मा टनेल खेती, सवै गाविसलाई समट्नेगरी, आगो नियन्त्रणका सामाग्री खरिद, गर्ने, विभिन्न सचेतनामुलक कृयाकलाप सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।

यसैविच नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दाङको आयोजनामा जलवायु परिवर्तन अनुकुलन सम्वन्धि तीन दिने तालिम गोल्टाकुरीमा सम्पन्न भएको छ । समन्वय समितिका पदाधिकारी र विपत व्यवस्थापन जनशक्ति लगाएतको सहभागिता रहेको तालिमको प्रशिक्षकमा जिल्ला संयोजक राम थापा र कार्यक्रम अधिकृत रमेश गौतम रहनुभएको थियो ।