जम्मु-काश्मीर रहेको भारतीय सैनिक क्याम्पमा हमला भएको छ । हंदवाडामा ३० स्थित राष्ट्रिय राइफल क्याम्पमा हमला भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहिबार बिहान ६ बजे हंदवाडाको सैनिक क्याम्पको बाहिर गोलाबारी सुरु भएको जनाइएको छ ।
भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार विहान ३० राष्ट्रिय राइफल क्याम्पको मेन गेटमा अन्धाधुन्ध फायरिङ भएको थियो । आक्रमण कसले गरेको भन्नेबारे स्पष्ट भएको छैन । भारतले पाकिस्तानसँगको सीमा क्षेत्रमा सर्जिकल स्ट्राइक गरेको दाबी गरेको एक साता नवित्दै सैनिक क्याम्पमाथि हमला भएको हो ।
उडीमा सेनाको क्याम्पमा १८ सेप्टेम्बरमा भएको आतंकवादी हमला पछि भारत प्रशासित काश्मिरमा सैनिक क्यापमा भएको यो दोस्रो हमला हो । उरी हमलापछि भारत पाकिस्तान सम्बन्धमा तनाब जारी छ ।
अनलाइनखबर बाट
