bhauwa-nakaतुलसीपुर २० असोज ।  दाङको बिकट राजपुर गाबिसमा रहेको भौवा नाकामा सडक निर्माणका लागि तीन करोड बढि बजेट बिनियोजन गरिएको छ । अहिले सम्म सडक पुग्न नसकेको नाका क्षेत्रको सडक निर्माणका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले ३ करोड ११ लाख बजेट बिनियोजन गरेको छ । उक्त रकम दाङ क्षेत्र नंबर ४ बाट निर्बाचित सांसद बुद्धिराम भण्डारीको पहलमा भौवा नाकाको ट्रयाक खोल्नका लागि विनियोजित भएको हो ।

केही समय अघि मात्रै भौवा नाकाको स्थलगत अवलोकन गरेका सांसद भण्डारीले भौवानाकालाई सडक सञ्जालमा जोडन उक्त रकम बिनियोजन गर्न पहल गरेको बताउनुभएको छ । वाँकेको कु्सुमवाट राजपुर गाविसको भौवा नाका सम्मको १६ किलो मिटर सडकको ट्रयाक खोल्नका साथै स्तरीय ग्रावेलका लागि मन्त्रालयले वजेटको व्यवस्था गरेको सांसद भण्डारीले वताउनुभयो । चालु आर्थिक वर्षमै कामको शूरुवात हुने भौवा नाका सडक निर्माणका लागि सडक विभागले मसिंरको पहिलो साता टेण्डर आह्वानको तयारी गर्ने सांसद भण्डारीको भनाई छ ।

दाङ र वाँकेको सिमानामा रहेको भौवा नाका सडकलाई हुलाकी राजमार्गका रुपमा विकास गर्न आफुले मन्त्रालयमा निवदेन दिएको समेत सांसद भण्डारीले जानकारी दिनुभयो । हुलाकी राजमार्गमा उक्त भौवा नाका परेमा सडक मर्मतमा नियमित वजेटको व्यवस्था हुने उनले जानकारी दिनुभयो ।

भौवानाकाले पुर्नं जीवन पाएमा राप्तीका पहाडी जिल्लाहरु रोल्पा,रुकुम,सल्यान र दाङ छिमेकी देश भारतसंग प्रत्यक्ष जोडिने छन् । भौवा नाका पुरापूर्वक कालमा नुन, तेलको व्यापार गर्ने नाका हो । यो नाकालाई दाङको जीवन रेखाको रुपमा अथ्र्याइएको छ । भौवा नाका क्षेत्रमा राप्तीका पहाडी जिल्लाका मानिसहरुको बाक्लो बसोवास छ ।