काठमाडौं २० असोज । शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षा ऐन संशोधन नहुने बताउनुभएको छ ।
शिक्षकका सवालमा ऐन अपूर्ण भएको भन्दै संशोधनको माग गर्दै आएको शिक्षक महासंघले नै आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले ऐन संशोधन नहुने बरु छुटेका कुरा नियमावली मार्फत् सम्बोधन गर्ने बताउनुभएको हो ।
स्थायी शिक्षकका लागि गोल्डेन ह्याण्डसेक, वैकल्पिकमा उत्तीर्ण शिक्षकको मुद्धा र अपाङ्ग शिक्षकको १५ बर्षे अनिवार्य अवकासको मुद्धा छुटेको भन्दै महासंघले उक्त कुरा ऐनमा राख्न माग गर्दै आएको छ । यस्तै शिक्षक सरुवा तथा दलको कार्यकारीणि पदमा बस्न नपाईने विषय संशोधनको माग गर्दै मन्त्रीलाई यस अघिनै उसले ज्ञापनपत्र बुझाईसकेको छ ।
मन्त्री पौडेलले महासंघका माग नियमावली मार्फत सम्बोधन गर्ने बताए पनि कसरी भन्ने बारेमा भने स्पष्ट खुलाउनुभएको छैन् ।
नियमावली बनाउने काममा मन्त्रालय गम्भिर भएको मन्त्री पौडेलले बताउनुभया् । कार्यक्रममा मन्तब्य राख्दै उहाँले ऐन जारी भएपछि कतिपय जिल्ला शिक्षा कार्यालयहरुबाट भएका कार्यसम्पादनमा तालमेल नमिलेको भन्दैे कुनै अमूक परिपत्र देखाएर ऐनलाई कार्यान्यन गर्न जिल्ला शिक्षा अधिकारीहरु पछि हटेको खबर आफूले पाएको समेत बताउनुभयो । दुईथरी कार्य भएको कुराले पारेका समस्या समाधनमा मन्त्रालय गम्भिर रहेको उहाँँले बताउनुभयो ।।
