crecketer-toleeeकाठमडौ २० असोज । आईसीसी वुमन्स वल्र्ड कप क्वालिफायर क्रिकेट–२०१६ मा सहभागी हुने नेपाली महिला राष्ट्रिय क्रिकेट टोली आज हङकङ जाँदैछ ।

रुबिना क्षेत्रीको कप्तानीमा रहेको टोलीमा सीता राना मगर (उप कप्तान), ज्योति पाण्डे, नेरी थापा, सरिता मगर, रोशनी बोहरा, नीरा राजोपाध्याय, काजोल श्रेष्ठ, करुणा भण्डारी, सबनम राई, निर्मला शाही, सरस्वती चौधरी, इन्दु बर्मा र रश्मी शर्मा रहेका छन् ।

हङकङमा अक्टोबर ९ देखि १५ तारिखसम्म हुने क्वालिफायरमा नेपालसहित हङकङ, चीन र थाइल्यान्ड गरी ४ राष्ट्रले डबल राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । यसमा शीर्ष स्थान हात पार्ने टोलीले ‘ग्लोबल क्वालिफायर’ मा खेल्ने अवसरमा पाउने छ । नेपालले आफ्नो पहिलो खेल हङकङ विरुद्ध अक्टोबर ९ मा खेल्नेछ । नेपाली टोलीको प्रशिक्षकमा राजु बस्न्यात तथा व्यवस्थापकमा राखेपकी सदस्य अस्मिता गुरुङ हुनुहुन्छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट हिजो शुभकामना दिंदै औपचारिक विदाइ गर्नुभएको थियो ।