काठमाडौं, वैशाख २६
सरकारले मंसिरमा स्थानीय निकायको चुनाव गर्ने भएको छ । सरकारले आइतवार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा मंसिरमा स्थानीय निकायको चुनाव हुने उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्या भण्डारीले मंसिरमा स्थानीय निकायको चुनाव हुने घोषणा गर्नुभयो । २०५६ सालदेखि स्थानीय निकायको चुनाव हुन सकेको छैन ।

प्रधानमन्त्रीले यसअघि नै सरकाले कात्तिक(मंसिरमा स्थानीय चुनाव र २०७४ मा संसदीय चुनाव गर्ने तयारीमा सरकार लागेको बताइसक्नु भएको थियो ।