दीपबहादुर घर्ती
जाजरकोट, २६ बैशाख ।
नलसिंह गाड जलविद्युत आयोजनाको डिपिआर निर्माणका लागि ९४ दशमलव ०८ करोडमा सम्झौता भएको छ । जिल्लामा रहेको राष्ट्रिय गौरवको आयोजना नलसिंह गाड जलविद्युत आयोजनाको डिपिआर निर्माणका लागी आयोजना विकास समिति र परामर्शदाता कम्पनी विचमा सम्झौता भएको हो ।
nnनलसिंहगाड जलविद्युत आयोजनाको डिपिआर निर्माणका लागी विकास समितिसंग शुक्रवार नै अष्ट्रेलियाको स्मेक, अमेरीकाको एमडब्लूएच र नेपालको उदय कन्ट्रक्सन प्राली जेभी परामर्शदाता कम्पनीले ९४ दशमलव ०८ करोडमा सम्झौता गरेको विकास समितिका कार्यकारी निर्देशक मोतिबहादुर कँुवरले जानकारी दिनुभयो । परामर्शदाता कम्पनीले सम्झौता गरेको मितिले ३० महिना भित्रै आयोजनाको डिपिआर निर्माण कार्य सम्पन्न गरिसक्ने निर्देशक कुँवरको भनाई छ ।

गुण र लागत दुवै हिसावले उपयुक्त देखिएर छनौट भएको परामर्शदाता कम्पनीसंग डिपिआर निर्माणको सम्झौता गरिएकोले निर्धारित समय सिमा भित्रै काम सम्पन्न हुनेमा आफु बिस्वस्त भएको निर्देशक कँुवरले वताउनुचयोे । परामर्शदाता कम्पनीले निर्माण गर्ने डिपिआर भित्र आयोजना निर्माण गर्नको लागी आर्थिक तथा प्राविधिक डिजाईन स्टमेट निर्माण हुने आयोजनाले वताएको छ । डिपिआर निर्माण पछि आयोजनाको निर्माण कार्य सम्पन्न गर्नको लागि फाईनाईन्समा जान, आयोजनालाई वातावरणियमैत्री वनाउन सजिलो हुने, स्थानिय स्तरमा थुप्रै प्रकारका रोजारीहरु श्रृजना गर्न सकिने वताईएको छ ।

३० महिना भित्रै डिपिआर निर्माण भईसक्ने ४ सय १० मेघावाट क्षमता भएको जलासययुक्त नलसिंहगाड जलविद्युत आयोजनाको निर्माण कार्य आगामी ७ वर्ष भित्रै सम्पन्न भई देशको उर्जा संकटलाई समाधान गर्ने अपेक्षा छ  ।।