दीपबहादुर घर्ती
जाजरकोट, २६ बैशाख ।
शैक्षिक सत्रको सुरुवातमै जाजरकोटका विभिन्न विद्यालयमा कार्यरत एक सय ५० जना भन्दा वढी शिक्षकहरु गएल भएको खुलासा भएको छ । जिल्ला शिक्षा कार्यालयको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यस्तो सार्वजनिक भएको हो । कार्यलयले प्रगति प्रतिवेदन सार्वजनिक गर्ने क्रममा जिल्लाका भिन्न विद्यालयमा कार्यरत एक सय ५० जना भन्दा वढी शिक्षकहरु गयल अवस्थामा रहेको सार्वजनिक गरेको छ ।

iii
जिल्ला शिक्षा कार्यालयले दिएको जानकारी अनुसार शैक्षिक सत्रको सुरुवातमै जिल्लाका ४० प्रतिसत विद्यालयहरुमा अनुगमन गर्दा ६९ जना गयल शिक्षकहरुको नाम लिष्टिङ्ग गरेको छ । नाम लिष्टिङ्ग गरेका शिक्षकहरुको गयल समय अवधी एक दिन देखी ७ महिना १५ दिन हुदै झण्डै ६ वर्ष सम्मको रहेको छ । अनुगमन गर्न ६० प्रतिशत वाँकी रहेका विद्यालयहरुमा झण्डै ९० जना भन्दा वढी शिक्षकहरु गयल अवस्थामा रहेको कार्यालयको दावी छ । सात महिना १५ दिनसम्म गयल हुने शिक्षकमा प्रेमज्योति प्राथमिक विद्यालय मैनपाखा दहका शिक्षक मनवीर थापा रहेको जिशिका जाजरकोटले जनाएको छ ।

त्यसैगरी भण्डै ६ वर्षसम्म गयल हुनेमा तवोभुमी माध्यामिक विद्यालय ध्यारगाउँ रग्दाका निम्न माध्यामिक विद्यालय विज्ञान विषयका शिक्षक योगेन्द्रनाथ चौवे रहेका छन् । विद्यालयमा अध्यापन नगाराई गयल भएका शिक्षकहरुको तलव कटौती गरिने जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले वताए । विद्यालयमा टेक्स्ट बुक अभाव र बिद्यार्थीहरु अनुपस्थित भएको बहाना भनाएर शिक्षक गयल हुनु भनेको लज्जा जनक विषय भएको जिशिअ सिंहको भनाई रहेको छ । लडाईका मोर्चामा फौज र मेडिकल क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सेकेण्डको ढिलोे उपस्थिति क्षम्य हुन सक्दैन भने, यिनै क्षेत्रमा समर्पित हुने जनशक्ति निर्माता शिक्षकहरुको वर्षौ र महिनौको अनुपस्थिती पनि क्षम्य नहुने जिशिअ सिंहको तर्क छ ।

विद्यालयमा बषौं देखी अनुपस्थित शिक्षकलाई कारवाहीका लागी जिल्लावाट सिफारिस गरि पठाई सकिएको तर विभागले कारवाही गर्न नसकेको उनको भनाई छ । जिल्लाको शैक्षिक सुधारका लागी यस वर्ष देखी नै विद्यालय र शिक्षकहरु वर्गिकरणको काम थालि सकेको कार्यालयले जनाएको छ । ग वर्गमा परेका ५० जना शिक्षक, शिक्षिकाहरुको स्तरवृद्धीका लागी भ्रमण, तालिम र प्रशिक्षणको व्यवस्था गरिने कार्यालयले जनाएको छ । प्रत्येक गाविसमा एक नमुना विद्यालय, प्रत्येक विद्यालयमा नमुना शिक्षक, नमुना विद्यार्थी, नमुना कलास छनोट गर्ने योजना रहेको कार्यालयले वताएको छ ।।