२६ वैशाख, काठमाडौं ।
गत वैशाख १२ को भूकम्पबाट पीडित बनेका नागरिकले सरकारबाट पाउने घोषणा गरिएको दुई लाख रुपैयाँलाई बढाएर सरकारले ५ लाख रुपैयाँ र्पुयाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसदमा घोषणा गरेको सरकारको नीति तथा कार्यक्रममा भूकम्प पीडितलाई थप ३ लाख रुपैयाँ दिने घोषणा गरिएको हो ।
दुई लाख रुपैयाँ बराबरको सहुलियत ऋणले घरको जगमात्र बनाउन सम्भव रहेको पीडितहरुले गुनासो गरिरहेका बेला सरकारले ३ लाख रुपैयाँ थप्ने घोषणा गरेको हो ।
पीडितले पाउने विना धितो ऋणमा ३ लाख थप गर्नुका साथै सरकारले शहरी क्षेत्रमा २५ लाख र ग्रामीण क्षेत्रमा १५ लाख ऋण दिने नीतिलाई कायमै राखेको छ ।सरकारले आगामी दुईवर्षमा सम्पूर्ण निजी घरहरु बनाइसक्ने गरी पुनर्निर्माण प्राधिकरणलाई परिचालन गर्ने घोषणा गरेको छ ।
धरहरा ३ वर्षमा बनाइने, पाँचवर्ष सबै संरचनाको पुर्निर्माण सक्ने
धरहरालाई ३ वर्षमा बनाइसक्ने घोषणा गरिएको छ । संशिक्षक संस्थाहरु पनि ३ वर्षमा बनाइसक्ने र भूकम्पले क्षति र्पुयाएका सबै संरचना बनाइसक्ने घोषणा गरिएको छ ।