इन्द्रेणी संवाददता
नारायणपुर, १७ चैत
हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा आजदेखी नारायणपुरमा धार्मिक महायज्ञ हुन लागेको छ । नारायणपुरमा सुर्यनारायण मन्दिर, धर्मशाला निर्माण एवं हिन्दुत्व संरक्षण गर्ने उद्धेश्यका साथ आयोजना गरिएको श्रीमद् भागवत ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल अनुष्ठान २०७२ आजदेखी २४ गतेसम्म सन्चालन हुनेछ ।
महायज्ञको उद्घाटन भूमीसुधार तथा व्यवस्था मन्त्री विक्रमबहादुर थापाले गर्नुहुने मूल आयोजक समितिका संयोजक टेकबहादुर खड्काले जानकारी दिनुभयो । महायज्ञको लागी मुख्य वाचक तथा वाद्यवादकको टोली दाङमा रहेको छ । यसैगरी मुख्य वाचक शिरोमणी पण्डित रामकृष्ण उपाध्याय सहितको टोली दाङ पनि आईपुगेकोे छ ।
आज पहिलो दिन शोभायात्राको तयारी पनि पुरा भएको छ । शोभायात्रामा त्रिपुर नगरपालिका सहित जिल्ला स्तरका हिन्दु धर्मालम्वीहरुको सहभागीता रहने शोभायात्रा व्यवस्थापन उपसमितिका संयोजक चन्द्रप्रसाद चौधरीले बताउनुभयो । विभिन्न संस्कृति भेषभुषा सहित झाँकी जुलुसको शोभायात्रा विहान त्रिपुर ३ सौडिकुलाबाट सुरु हुने र त्यसपछि महायज्ञको उद्घाटन गरिने छ ।।