इन्द्रेणी संवाददाता
देउखुरी, १७ चैत ।
लमही नगरपालिका १० देउपुर स्थित सिसौं वगर सामुदायिक वन उपभोक्ता समुहको क्षेत्र भित्र १७ लाखको लागतमा संरक्षण पोखरी निर्माणको काम थालिएको छ । जिल्ला भु–संरक्षण कार्यालय तुलसीपुर दाङको ११ लाख र उपभोक्ताको ६ लाख जनश्रमदान गरी १७ लाखको लगानीमा संरक्षण पोखरीको निर्माण भैरहेको हो ।
गत वर्ष भुसंरक्षण कार्यालयले पोखरी निर्माणका लागी ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस वर्षे कार्यालयले पोखरी निर्माणका लागी ४ लाख रुपैयाँ बजेट ब्यवस्था गरेको सिसौं वगर सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष सूर्यराज गौतमले जानकारी दिनुभयो ।
राष्ट्रपती चुरे तराई मधेस संरक्षण कार्यक्रम अन्र्तगत सिसौं वगर सामुदायिक वनमा संरक्षण पोखरी निर्माण गर्न थालिएको हो । सिमसार क्षेत्र संरक्षण गर्ने उद्देश्यले पोखरी निर्माण गर्न ेकामले तिव्रता पाएको छ । पोखरी निर्माण भएपछि पर्यटकीय गन्तब्य वाउने लक्ष्य राखिएको छ ।।
