इन्द्रेणी संवाददता
दाङ, १७ चैत्र ।
हिजो परेको नेपाल पत्रकार महासंघ दाङ शाखाले ६१ औं स्थापना दिवस भालुवाङ्गमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी मनाएको छ । पत्रकार महासंघको स्थापना दिवस र राप्ती द्धार साप्ताहीकको प्रथम वार्षिकत्सवको अवसरमा पूर्व देउखुरी भालुवाङ्गमा भालुवाङ्ग क्षेत्रका समस्या र समाधानको उपाय विषयक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
सरकारी निकायलाई भालुवाङ्गको विकासमा केन्द्रित गर्न स्थानीय स्तरवाट रचनात्मक दवाव सृजना गर्नुपर्ने कार्यक्रममा जोड दिइएको छ । भालुवाङ्गमा ३१ विगाह जमिनमा अस्थाई वसोवास छ । यो वसोवासलाई स्थायी नगर्दा सम्म भालुवाङ्गको विकास सम्भव नरहेको स्थानीयको भनाई छ ।नगरविकास समितिले पनि भालुवाङ्गको अस्थाई वसोवासलाई ब्यवस्थीत गर्न खोजेपनि त्यो पुरा हुन सकेको छैन । प्यूठान, अर्घाखाँची, रोल्पाको द्धारको रुपमा रहेपनि भालुवाङ्ग क्षेत्रको विकास स्थानीयको अपेक्षा भन्दा सुस्त गतीमा अघि वढेको अनुभव गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाँले भालुवाङ्गको विकासकालागी भालुवाङ्गवासी नै तात्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । एक अर्काे प्रसंगमा पत्रकार महासंघका पूर्व अध्यक्ष झाँले संविधानमा ब्यवस्था भए अनुसार पत्रकारीतालाई अघि वढाउन नयाँ संचार नितिको आवश्यक्ता पर्ने वताउनु भयो ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष शुदीप गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वोल्ने वक्ताहरुले पत्रकार समाजका अभिन्न अङ्ग भएकाले समाजप्रति उत्तरदायी भई कलम चलाउन सुझाव दिएका छन् । संवेदनशील भएर कमल चलाए समाजमा त्यसले सकारात्मक शन्देश दिने वक्ताहरुको जोड दियो । राप्ती द्धार पत्रिकाका सम्पादक केशव वोहराको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रममा पत्रकार ओमप्रकास गुप्ताले देउखुरीमा सञ्चारको विकास, समस्या र चुनौतीका वारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण मिना भट्टराई र चम्पकराज कार्कीले संयुक्त रुपमा गर्नु भएको थियो । कार्यक्रममा राप्ती द्धारले १२ जना वढी ब्यक्तिलाई सम्मान र प्रसंशा पत्र प्रदान गरेको थियो ।।