दीपबहादुर घर्ती
जाजरकोट, १८ असोज ।पश्चिमजाजरकोट पजारु गाउँविकास समिति वडानं–८ घोगीमा रहेको प्राचीन स्मारक अलिखितइतिहासमा रहेको छ ।हाल स्मारककाजानकार कोहीपनिनहुदाप्राचीन स्मारक अलिखितइतिहासमा रहेको हो ।
जीर्णअवस्थामा रहेको पजारु घोगीको प्राचीन स्मारक संरक्षणमा पहिला कसैले ध्याननदिएतापनिहाल पुरातत्वविभागले घेरावार गर्न थालेको छ । भत्किएर जीर्ण अवस्थामापुगेका स्मारक स्तुभहरु पुरातत्वविभागले वर्षमादुई वटा मर्मत गर्ने गरेको स्थानियशिक्षकगोविन्दप्रशादगिरीले वताए । १२ वटा स्तुभुहरुमा २ वटा स्तुभ पुरै मर्मत गर्नु पर्ने अवस्थामा रहेको शिक्षकगिरीले जानकारी दिए ।
प्राचीनकालमै निर्माण गरिएको स्मारक कसरी, कसले निर्माण गरेको भन्ने कुरा आफुहरुलाई थाहानभएको स्थानिय रामबहादुर वुढाको भनाई रहेको छ ।कतिपयजानकारहरुले तिब्बतवाट देश निकालागरिएकालामाहरु पजारुमाआएर उक्त स्मारक निर्माण गरेको वताउने गरेका छन् । तिब्बतवाटलखेटिएका लामाहरु भारतमा बस्दै आएकादलाहीलामाको सरणमा जादालामाहरुजाजरकोटको वाटोहुदै भारत पुगेको स्थानिय वुढापाकाहरु वताउछन् ।
चीनले देश निकाला गरेकालामाहरुले नै पजारुको घोगीमा रहेको उक्त स्मारक निर्माण गरेकाहुनभन्ने ठोकुवागर्न सक्ने प्रमाण भने कसैसंग छैन् ।अनुमानकाआधारमाउक्त स्मारककावारेमाविभिन्नतर्कनागर्ने स्थानियहरुमाकतिपयले यसलाई धार्मिक स्थलका रुपमापभिाषितगर्ने गरेका छन् । सत्य युगका मान्छेहरुले यसलाई धार्मिक स्थलका रुपमाप्रयोग गर्दै आएको हुनाले दैविकशक्तिहुन सक्ने कतिपयको भनाई रहेको छ । द्ववापर युगसम्मयसललाई धार्मिक स्थलका रुपमानिरन्तरतादिएकोहुन सक्ने उनीहरुको भनाई रहेको छ ।कलियुगमा सवै प्रकारका दैवीकशक्तिहरु दविसकेको हुनाले हालत्यहाँकुनै प्रकारका दैवीशक्ति देखानपर्नेधार्मिकआस्था राख्नेहरुको भनाई रहेको छ ।
हेर्दा पनि हेरी रौं जस्तो लाग्ने निकै पुरानो स्मारकमा रहेका स्तुभहरुकाआकृतिको वनावट निकै लोभ लाग्दो रहेको छ । कुन सन्दर्भ र परिवेशमा कस्ले वनाएको स्मारक हो भन्ने कुराको लिखितइतिहास पछिल्लो पुस्ताको लागिनभएको माओवादी केन्द्रका नेताकालीबहादुर मल्ल वताउछन् । संरक्षणको अभावमाविग्रदै र भत्कदै गएको स्मारकको संरक्षण पुरातत्वविभागले गर्न थालेपछि भावी पुस्ताको लागिलिखितइतिहास नभएपनिभौतिकइतिहास जोगाई राख्ने कुरामा ढुक्क भएको नेतामल्लले वताए ।
पुरातत्वविभागको घेरावार भित्र रहेको उक्तप्राचीनस्मारकलाई थप सुरक्षाकालागिकसैले नष्ट गरे, भत्काए, हटाए, परिवर्तन गरे, अनाधिकृत काममालगाएवा अरु कुनै किसमले हानीनोक्सानी पुर्याएमाप्राचीन स्मारक संरक्षण ऐन २०१३ (संशोधित) को दफा १२ को उपदफा क, ख र ग अनुसार २५ हजार देखी १ लाख सम्मको जरिवानावा ५ वर्ष देखि १५ वर्ष सम्मको कैद वादुवै सजाएगर्न सकिने कानुनीब्यवस्थालाई सार्वजनिकगरिएको छ । जिल्ला सदरमुकाखलंगा देखि स्मारक रहेको स्थानपजारुको घोगी झण्डै १४ कोषको दुरीमा रहेको छ ।
फोटो क्याप्सनः–पश्चिमजाजरकोट पजारु–८ घोगीमा रहेको ढुङ्गाको प्राचीन स्मारक ।
