बद्री पन्त
जाजरकोट, १८ असोज । जाजरकोट–डोल्पा सडक खण्ड भित्र पर्ने रुकुम खण्डमा यातायात ब्यवसायीले मनपरी बस भाडा असुल्दै आएका छन् । रुकुम जिल्ला प्रशासनको वेवास्ताले यात्रु मर्कामा परेका छन् ।

dolpaबस ब्यबसायीले रुकुम खण्डको गोतामकोटको छरी बगरदेखि डोल्पाको सिमाना त्रिबेणीसम्मको बस भाडा ५ सय रुपैया असुल्दै आएका छन् । उक्त ठाउँको दुरी जम्मा २० किलोमीटर मात्र रहेको छ । बस व्यवसायीहरुको यो मनपरिलाई रुकुम प्रशासनले देखे पनि नदेखे झै गरिहेको छ । उक्त सडक खण्डमा यात्रा गर्ने यात्रुहरु वढी मात्रामा डोल्पा र जाजरकोटका नागरिकहरु रहने गरेका छन् ।

छेपारे देखि राडीजिउला सम्मको १८ किलोमीटर सडकमा पनि ३ सय र चिसापानी छेपारेसम्मको ९ किलोमिटर सडकमा २ सय भाडा लिने गरेका छन् । बस ब्यवसायीको चर्को भाडाले यस सडकमा यात्रु मर्कामा परेका छन् । तर, रुकुम प्रशासनको ध्यान जान सकेको छैन । रुकुम प्रशासनको वेवास्ताले यात्रु मर्कामा परेका हुन् । त्यस्तै उक्त सडकमा मापदण्ड विपरितका सवारी साधन संचालनमा छन् । उक्त सडकमा न कानुनी बैद्यता प्राप्त गरेका सवारी साधन छन् । नत अनुमती पत्र प्राप्त गरेका चालक नै । सेवाको नाउमा ब्रम लुट भएको स्थानीय टीकाराम जैसीले बताए । व्यसायीले ९ किलोमिटर सडकमा २ सय भाडा अशुल्दै आएको उनले बताए ।

यस सडक खण्डमा ५ सिट क्षमताका जीपले २० भन्दा बढी यात्रु बोक्ने गरेका छन । २० किलोमीटर बाटोमा ५ सय भाडा तिर्नु पर्ने वाध्यता भएको स्थानीयको गुनासो छ । पुराना, थोत्रा तथा माफदण्ड विपरितका ५ सिटे जीवमा २ दर्जन यात्रुको कोचाकोच, त्यसैमा अनुमती पत्र विनाका चालकले हलुका गाडी चलाउ“दा जोखिम मोलेर यात्रुहरुले यात्रा गर्नु परिरहेको छ । यस सडकका ब्यबसायीले सिट क्षमता भन्दा वढी यात्रुलाई भेडाबाख्रा जस्तै कोचाकोच लिने र छतमा समेत यात्रु बसाउ“दा समेत रुकुम प्रहरीले नदेखे जस्तै गर्ने गरेको टीकारामको भनाई रहेको छ । मापदण्ड विपरितका तीन दर्जन बढी जीप यस क्षेत्रमा संन्चालन गरिएको छ ।

रुट प्रमीट विना यातायात संचालन गर्न नपाउने कानुनी प्राव्धान छ तर, यस सडक खण्डका लागि कानुनी प्राव्धान पनि कागजमै समित भएको छ । ब्यबसायीको चर्को भाडा र निकै असजिलो जोखिमपुर्ण यात्राले यात्रुहरु दोहोरो तेहोरो मारमा पर्नु परिरहेको छ । सरकारले देश भर विना रुटपरमीट सवारी साधन चलाउन रोक लगाएको छ तर, यस सडक खण्डमा राज्यको आँखा पुगेको छैन । कुनै चासो पनि देखाएको पाइदैन ।
यातायात ब्यबस्था विभागको अनुमती विना जाजरकोट–डोल्पा सडक खण्ड भित्र पर्ने रुकुम सडक खण्डमा जीप सञ्चालन भएका छन । विभागको अनुमती विना सञ्चालित जीपले मनपरी भाडा असुल्ने मात्र नभई यात्रुको लागि असुरक्षित जोखिमपुर्ण यात्रा गर्नु परिरहेको जैसीको भनाई रहेको छ ।
यप