तुलसीपुर १८ असोज । नदिमा डुबेर दाङ तुलसीपुरका एक बालकको मृत्यु भएको छ । तुलसीपुर १८ कचिला निवासी १० वर्षीय झगविर केसीको बबईमा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घर नजिकैको नदीमा नुहाउन गएका वालकको शव मृत अवस्थामा मंगलवार दिउँसो २ बजे बबई नदीमा फेला परेको प्रहरीले जनाएको छ । मृतक वालकको शव अहिले पोष्ट मार्टमका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ ।
