काठमाडौ १८ असोज । सांसद गंगा चौधरीले दाङमा थारु विश्व विद्यालयल खोल्न माग गर्नुभएको छ ।
व्यवस्थापिका संसदमा शिक्षा सम्बन्धी विधयेकमाथिको छलफलमा भाग लिँदै सांसद चौधरीले दाङमा अहिले संस्कृत विश्व विद्यालय भएको र संस्कृत विषय ऐच्छिक भएको भन्दै थारुहरुको बाहुल्यता रहेकाले थारु विश्व विद्यालयको माग गर्नुभएको हो ।
दाङबाट प्रतिनिधित्व गर्ने सांसद रहेकी उहाँले गरिबका लागि शिक्षा नीति नआएको गुनासो गर्नुभएको छ । शिक्षा ऐन संसोधन मार्फत गिरिबका लागि शिक्षा निति ल्याउनु पर्ने उहाँले माग गर्नुभएको छ ।
