जाजरकोट, १९ असोज । दसैँको नजिकिदै गर्दा कालोबजारी बढ्न सक्ने भन्दै जाजरकोटमा बजार अनुगमन तिव्र पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय, प्रहरी, कोष तथा लेखा नियन्त्रक कार्यालय, नागरिक समाजलगायतको सहयोगमा बजार अनुगमन गरिएको हो । अनुगमनमा फेला परेका म्याद गुज्रेका अखाद्य सामानहरु नष्ट गरिएको छ ।

त्यस्तै दर्ता नभई सञ्चालन भएका पसलहरुलाई एक महिनाभित्र दर्ता गर्न निर्देशन दिइएको कोष तथा लेखा नियन्त्रक यामबहादुर बुढाले बताए। पसलमा मूल्य सूची राख्न पनि निर्देशन दिइएको उनले बताए। अनुगमनका क्रममा जाजरकोटको सदरमुकाम खलंगाका अधिकांश पसलहरु दर्ता नै नगरी सञ्चालन गरेको पाइएको छ ।