sadak-vasioतुलसीपुर १८ असोज । तुलसीपुर १० वराहाखालिमा अधिक वर्षाका कारण सडक खण्ड भासिएको छ ।

कुट्टीदेखि वराखाली हुदै भ्युडहर जाने सडकको धर्मशाला खोला पुर्व एक सयमिटर सडक झण्डै एक मिटर भासिएको छ ।

सडक भासिएपछि स्थानीयलाई आवात जावात गर्न र ढुवानीगर्न समस्या परेको छ । स्थानीय कुखुरा पालक कृषकहरु मर्कामा परेका छन् । स्थानीय ह्याचरी उद्योगमा पालिएका कुखरालाई दानापुर्याउन असहज भएको छ । गाउँको कृषिउपज वजार पैठारी गर्न समस्या भएको स्थानीय वसन्त वलीले जानकारी दिए ।

सडक खण्ड भासिएपछि पदैल हिडडुलगर्न समेत मुस्किल पर्न थालेको वलीले वताउनुभयो । स्थानीय प्रगतिशिल टोल विकास संसथाले जिर्ण सडक मर्मत सम्भारका लागि तुलसीपुर नगरपालिका, जिल्ला विकास समिति र सासंदहरुसंग सहयोगको माग गरेको छ ।

टोल विकास संस्थाका पदाधिकारीहरु त्यसका लागि विभिन्न स्थानमा डेलिगेसनजाने तयारी भइरहेको जानकारी दिनुभयो ।