दिपक बोहरा, तुलसीपुर १८ असोज । यस बर्षको दशैमा काठमडौ बाट दाङ आउने तथा दाङबाट बाहिरीने यात्रुहरुले बिगतका बर्षहरु जस्तो शास्ति खेप्नु पर्ने बाध्यता टरेको छ । दाङ–काठमडौमा नयाँ यातायात प्रालिहरुले समेत गाडि सञ्चालन गरे संगै यातायात सेवा सहज बनेको छ ।
अहिले बिगतका बर्षहरुजस्तो टिकेट पाउन गाह्रो नभएको यात्रुहरुले बताएका छन् । प्रालिले दाङ –काठमडौमा डिलक्स गाडि सञ्चालन गरेसंगै राप्तीको पहिलो समिति राप्ती अञ्चल सार्बजनिक यातायात बस ब्यबसायी समितिले पनि सुविधा सम्पन्न गाडि भित्र्याएको छ ।
यसै बर्ष देखी तुलसीपुर मिनी माईक्रो बस ब्यबसायी समितिले दाङ–काठमडौ बस सञ्चालनमा ल्याएको छ । जस्ले गर्दा यसपालि पहिलेको जस्तो गाडि पाउन मुस्किल छैन ।
राप्ती अञ्चल सार्बजनिक यातायात ब्यबसायी समितिले दाङ–काठमडौका लागि दैनिक ४ वटा डिलक्स रात्री सेवा , २ वटा रात्री र एउटा दिवा सहिती ३ वटा एसी , १५ वटा एक्सप्रेस र ५ वटा मिनि डिलक्स गाडि सञ्चालन भइरहेको राप्ती समिति डायल ईञ्चार्ज प्रकाश भट्टले जानकारी दिनुभयो ।
त्यस्तै अम्बिकेश्वरी सार्बजनीक यातायात समितिले दशैलाई मध्यनजर गरी ४/५ वटा गाडि थप गरे संगै अहिले दैनिक ११ /१२ वटा गाडि दाङ–काठमडौ गाडि सञ्चालन हुने गरेको अध्यक्ष ज्ञान बहादुर बस्नेतले जानकारी दिनुभयो ।
त्यस्तै मालिका कालिका यातायातय प्रालीले अहिले दैनिक ८ वटा डिलक्स गाडि दाङ–काठमडौका लागि सञ्चालन गर्दै आएको कोषाध्यक्ष रम्भा वलीले जानकारी दिनुभयो । तुलसीपुर जीप तथा मिनि माईक्रो बस ब्यबसायी समितीले दशै तिहारलाई मध्यनजर गरी थप एउटा डिलक्स गाडि सञ्चालनमा ल्याउने अध्यक्ष पवनराज बुढाथोकीले जानकारी दिए । समितिले दाङ –काठमडौंका लागि अहिले दैनिक दुई वटा डिलक्स र एउटा हाईस सञ्चालनमा ल्याएको छ ।
यस बर्ष दाङ –काठमडौ यात्राका लागि बिगतका बर्षहरु जस्तो गाडि प्याक हुने गरी यात्रुहरुको चाप नरहेको राप्ती अञ्चल सार्बजनिक यातायात बस ब्यबसायी समितीका डायल ईञ्चार्ज प्रकाश भट्टले बताउनुभयो । उहाँले पछिल्ला समयमा यातायातको क्षेत्रमा देखिएको प्रतिस्पर्धाले गर्दा गाडिहरु धेरै सञ्चालन भएकाले यात्रुहरुले सहजै सेवा पाउने गरेको बताउनुभयो ।
यात्रुहरुको चाप बढेमा गाडि थप्न सकिने तथा क्यू फ्रिमा गाडिहरु पठाउन सकिने उहाँले बताउनुभयो । राप्ती समितीले अहिले काठमडौबाट दाङ आउने तथा दाङबाट बाहिरीने यात्रुहरुका लागि टिकेट अग्रिम बुकिङ्को ब्यबस्था गरेको जनाएको छ ।
डायल ईञ्चार्ज भट्टले दिएको जानकारी अनुसार यात्रुहरुको चाप बढ्दो अबस्थामा रहेमा दाङ–काठमडौका लागि २३, २४ र २५ गते क्यू फ्रि गाडि सञ्चालन गर्ने तयारीमा राप्ती समिति छ । यस्तै मालिका कालिका यातायात प्रालीले पनि यात्रुहरुको चाप अत्याधिक रहेमा २३, २४ र २५ गते क्यू फ्रिमा गाडि सञ्चालन गर्न सकिने कोषाध्यक्ष वलीले जानकारी दिनुभयो ।
यस्तै दशै तिहारमा हुने यातायातको चाप यस बर्ष बिगतका बर्षहरु जस्तो नभएको यात्रुहरुले बताएका छन् । यस बर्ष दशै तिहारको समयमा पनि सहजै यात्रा गर्न पाएको उनीहरुको भनाई छ । बिगतका बर्षहरुमा रुकुम सल्यान जाने गाडिहरुमा पनि सिट नपाईने समस्या थियो तर यस बर्ष यस्तो समस्या नरहेको यात्रुहरुले बताएका छन् ।
अहिले रुकुमबाट पनि नयाँ यातायात प्रालीले सेवा दिन थालेको तथा दाङबाट सञ्चालित नयाँ यातायात प्रालिले पनि रुकुमका लागि गाडि सञ्चालन गरे संगै यातायात सेवा सहज बन्दै गएको छ । राप्ती अञ्चल यातायात बस ब्यबसायी समितीले रुकुम जाने यात्रुहरुको चापलाई मध्यनजर तीन वटा गाडि थपेको जनाएको छ ।
साथै रुकुम सल्यानका लागि पनि टिकेट बुकिङ खुल्ला गरेको राप्ती अञ्चल सार्बजनीक यातायात बस ब्यबसायी समितिका डायल ईञ्चार्ज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार रुकुमको एक महत्वपुर्ण ब्यापारीक केन्द्र चौरजहारी सम्म तुलसीपुरबाट दैनिक एउटा गाडि छुट्ने गर्छ ।
तर सडक बिग्रेकै कारण उक्त गाडि चौरजहारी सम्म नपुगी सल्यानको मौलाहाले बाटै फर्कन्छ । बर्षाले बिगारेको सडक मर्मत नहुदा यस्तो समस्या उत्पन्न भएको हो । जस्ले गर्दा रुकुम चौरजहारीका यात्रुहरु बिचबाटोबाट हिड्दै जानुपर्ने बाध्यता रहेको छ ।