एजेन्सी, १६ असोज । सिरियाको एलेप्पोमा रहेको सबैभन्दा ठूलो अस्पताल बन्द भएको छ ।
लगातारको हवाई आक्रमणपछि अस्पताल बन्द भएको हो । रुस तथा सिरियाका लडाकु विमानले गरेको हवाई आक्रमणका कारण सिरियन अमेरिकन मेडिकल सोसाइटीको सहयोगमा सञ्चालित अस्पताल बन्द भएको हो । अस्तालमा ब्यारेल बम आक्रमण भएको सोसाइटीले जनाएको छ ।
एलेप्पोको रहेको ट्रमा अस्पताल एम १० मा शनिबार आक्रमण भएको थियो । अस्तालले अहिले सबै सेवा पूर्णरुपमा बन्द गरेको अस्तालका रेडियोजोजिस्ट मोहम्मद अबु राजबलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
बम आक्रमणका कारण अस्पतालको पर्खाल, भौतिकपूर्वाधार, विभिन्न सामग्री तथा जेनेरेटरमा क्षति पुगेको छ । आक्रमणका कारण अस्पतालमा उपचारत दुई जनाको ज्यान गएको तथा अन्य १० जना घाइते भएका छन् ।
