काठमाडौं, १६ असोज । चीन र भारतका लागि प्रस्तावित राजदूतहरुको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा आज बिहान बसेको समितिको बैठकले सरकारले चीन र भारतका लागि राजदूतमा प्रस्ताव गरेका लीलामणी पौडेल र दीपकुमार उपाध्यायको नाम अनुमोदन गरेको हो।

dipkumar-upadhaya-and-lilamani-paudel-57f0a8ad9c6985-72363585चीनका लागि प्रस्तावित पौडेलको नाममा समितिले सर्वसम्मतीबाट अनुमोदन गरेको हो। तर, भारतका लागि राजदूतमा सिफारिस भएका उपाध्यायको नाममा भने सर्वसम्मती जुुट्न सकेन। उपाध्यायलाई एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले राजदूतबाट फिर्ता बोलाएको थियो।

उपाध्यायलाई अघिल्लो सरकारले फिर्ता बोलाएपनि कांग्रेस–नेकपा माओवादी केन्द्रको संयुक्त सरकारले पुनः भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो। अघिल्लो सरकारले फिर्ता बोलाएका व्यक्तिलाई पुनः भारतका लागि राजदूतमा सिफारिस गरेको भन्दै एमाले र राप्रपा नेपाल उपाध्यायको विपक्षमा उभिएका हुन्।