काठमाडौं, १६ असोज । केही समय पहिला नक्कली डक्टरहरुको चर्चा निकै चल्यो । केही नक्कली डकटरहरु पनि पक्राउ परे । तर, डक्टरको नाममा ठगी गर्ने किर्ते कार्य रोकिएका छैनन् ।
यस्तै क्रममा एमबीबीएस परीक्षामा पास गराइदिने भन्दै एक युवतीबाट दुई लाख रुपैयाँ लिएको अभियोगमा दुईजना कन्सलटेन्सी सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको नागार्जुन नगरपालिका २ की विमला पन्तकी छोरी सायसा पन्तलाई एमबीबीएस परीक्षा पास गराइदिने भन्दै दुई लाख रुपैयाँको चेक लिँदा लिँदै आज दुईजनालाई महानगरीय प्रहरी अपराध महाशाखाले दुईजनालाई प्रकाउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुलको आम्बोटे गाविस ९ घर भई पुतलीसडकस्थित वर्ल्डवाइड कन्सल्टयान्सीका काउन्सिलर गणेश अधिकारी रहेका छन् । त्यसैगरी सायसालाई एमबीबीएस पास गराउने जिम्मा लिएका वर्ल्डवाइड कन्सल्ट्यान्सीका सञ्चालक दिपककुमार साह पनि समातिएका छन् ।
महोत्तरीको गोनरपुरा गाविस ६ घर भएका दिपककुमारले आफूलाई डाक्टर भन्दै ठगी गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीको अनुसन्धानका क्रममा दिपककुमार नक्कली डाक्टर भएको पुष्टि गरेको छ ।
